हिउँसँग हार्‍यो अमेरिका !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Snowfall-in-America
अमेरिकाको राजधानी वाशिङटन डीसीको सडकमा हिउँले छोपिएका गाडीहरु ।
१० माघ, अमेरिका । विश्वलाई जितेको शक्ति राष्ट्र अमेरिका यतिबेला प्रकृतिसामू निरीह भएको छ । चौबिसै घण्टा व्यस्त रहने अमेरिका यतिबेला सुनसान छ र बजारमा चहल पहल ठप्प प्राय छ । १० वटा राज्यहरु आपतकालको सामना गरिरहेका छन् ।
अमेरिकामा यतिबेला अत्यधिक हिमपात भएको छ र नर्थ क्यारोलिनादेखि न्युयोर्कसम्म झण्डै साढे ८ करोड मानिसहरु प्रभावित भएका छन् । सर्बसाधारणहरुलाई घर बाहिर ननिस्किन सार्बजनिक अपिल गरिएको छ ।
१० राज्यमा आपतकाल
मेरिल्यान्ड, भर्जिनिया, डेलावर, नर्थ क्यारोलिना, जर्जिया, पेन्सलभेनिया, न्युजर्सी, वेष्ट भर्जिनिया, टेनेसी र केन्टुकी राज्यमा आपतकालीन स्थिति लागु गरिएको छ । झण्डै २८ ईन्चसम्म बाक्लो हिमपात भएका कारण १० राज्यमा आपतकालीन स्थिति घोषणा गरिएको हो ।
Washington-DC
हिमपातसँगै जोडले चलेको हावा हुरी र विद्युत आपूर्तीमा अवरोधले जनजीवन अस्त व्यस्त बनेको छ । बिशेषत वासिङटन डिसी, बाल्टिमोर, फिलाडेल्फ्रिया र न्युयोर्कमा भारी हिमपातका अतिरिक्त प्रतिघण्टा ५० माइलको गतिले हावा चलिरहेको छ । हिमपातले सबैभन्दा प्रभावित नर्थ क्यारोलिना राज्यमा झण्डै एक लाख ५० हजार जति घरमा विद्युत आपूर्ती बन्द भएको छ । प्रभावित क्षेत्रमा विश्वविद्यालय र विद्यालयहरु पनि बन्द छन् ।
हजारौं आन्तरिक एवम् बाह्य उडानहरु स्थगित भएका छन् । प्रतिकुल मौसमका कारण शुक्रबार ६ हजार तीन सय उडानहरु रोकिएका थिए भने शनिबार रातिसम्म थप पाँच हजार उडानहरु स्थगित भएको बताइएको छ । राजधानी वासिङटन डिसीमा शुक्रबार दिउँसोदेखि आईतबारसम्मका लागि सार्वजनिक यातायात ‘मेट्रो सब वे’ बन्द गरिएको छ ।
घर बाहिर ननिस्कन अपिल
विभिन्न राज्यहरुका गभर्नर एवम् सिटी मेयरहरुले सर्वसाधारणहरुलाई घर बाहिर ननिस्कन सार्वजनिक अपिल गरेका छन् । न्यूयोर्कमा बाटो, पुल, टनेलहरु सबै स्थानीय समयअनुसार २ः३० बजेदेखि नै बन्द गरिएको छ ।
snow-fall-in-America-1
न्यूयोर्कका गभर्नर कुमोले भनेका छन्, ‘यदि कसैले निर्देशन उल्लंघन गरेर सवारी साधन चलायो भने ज्यादै महंगो पर्नेछ ।’
प्रतिकुल मौसमका कारण सडक दुर्घटनाले अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । शुक्रबार रातिसम्म सयौं सडक दुर्घटनाहरु भएको बताइएको छ ।
राष्ट्रपति बाराक ओबामाले बैज्ञानिकहरुलाई मेडल प्रदान गर्ने शुक्रबारको कार्यक्रम पनि प्रतिकुल मौसमका कारण स्थगित गरिएको छ । सञ्चार माध्यमहरुमा हिउँबाट परेको प्रभावका विषयमात्रै लाइभ रिपोर्टिङहरु भैरहेका छन् ।
सन् १९९२ को जनवरीमा डिसी क्षेत्रमा २८ ईन्चसम्म बाक्लो हिमपात भएको थियो । यसपटकको हिमपातले सन् २०१० मा भएको १८ ईन्च बाक्लो हिमपातको रेकर्ड तोडेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment