नयाँ संविधान प्रतिगामीः फोरम नेपाल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं–नयाँ संविधान प्रतिगामी भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदनमा संघीय समाजवादी फोरम, नेपालको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम शनिवारवाट सुरु भएको छ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीका तर्फवाट सह अध्यक्ष राजेन्द्र श्रेष्ठले पेश गरेको राजनीतिक प्रतिवेदनमा नयाँ संविधान प्रतिगामी भएको र त्यहाँ उल्लेखित धाराहरु यथास्थीतिवादी भएको भन्दै त्यसको बिरुद्ध संघर्ष चलाउनु पर्ने उल्लेख छ । छलफलका क्रममा तराई मधेसका भूगोलमा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउनका लागि काठमाडौं केन्द्रित आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिइरहेका छन्। 'मधेसमा जारी आन्दोलनले मात्रै धक्का नपुगेकाले काठमाडौं र पहाडी क्षेत्रमासमेत आन्दोलन चर्काउन दबाब दिएका छौं', केन्द्रीय सदस्य रामप्रसाद रिजालले भने, 'अब पार्टीले सिंहदरवार केन्द्रित कार्यक्रम गर्न नेतृत्वलाई दबाब दिइरहेका छन्।'

पहिचान र अधिकारका लागि प्रहरी गोलीवाट तराई मधेसको भूगोलमा जनता सडकमा मरिरहदा पनि काठमाडौं र जनजाति बहुल क्षेत्रमा आन्दोलन उठ्न नसकेकोप्रति सो पार्टी भित्र चर्को असन्तुष्टि प्रकट भएको छ । केन्द्रीय सदस्य विश्वनाथ पटेलले मधेश आन्दोलनमा चरम दमन भएकोले सरकारलाई अन्तर्राष्ट्रिय अदालत उभ्याउनका लागि तत्काल पहल थाल्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । आन्दोलन सँगै राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीले ठोस कदम चाल्न केन्द्रीय सदस्यहरुको दबाब नेतृत्वमाथि परेको छ। प्रतिगामी संविधान विरुद्धको सदन र सडक दुवैवाट संघर्ष गर्नु पर्नेमा जोड गरिएको छ । नेपालका सबै परिवर्तनको निर्णायक केन्द्र काठमाडौं भएकोले राष्ट्रिय आन्दोलन काठमाडौं केन्द्रित हुनुपर्ने प्रतिवेदन उल्लेख छ।

शनिवार केन्द्रीय सदस्यहरुले सुझावसहित आ–आफ्नो भनाइ राखिसके पछि बैठक ठोस निष्कर्षमा पुग्ने पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन्। शनिकार सम्पन्न हुने फोरम नेपालको केन्द्रीय बैठकले नेपालको वर्तमान राजनीति अवस्था, जारी मधेश आन्दोलन, पार्टीको भावी कार्यदिशा र आन्दोलनमा पार्टीको भूमिका लगायतका एजेन्डामा बैठक केन्द्रीत रहेको छ। उक्त बैठकमा राजनीतिक प्रतिवेदनसहित सांगठानिक र आर्थिक प्रतिवेदनमा पनि छलफल जारी रहेको छ । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment