भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
२९ पुस, काठमाडौं ।
सरकारले भूकम्प प्रभावित गोरखाको लाप्राकका बासिन्दालार्इ प्सीपाखामा सारिने भएको
छ ।
बुधबार साझ बसेको मन्त्रिपरिषद बैठकले लाप्राकको गाविस–६ र ७ का भूकम्पपीडितलाई गुप्सीपाखामा रहेको भूमेमुन्टली सार्वजनिक वन क्षेत्र र त्यससँग जोडिएको राष्ट्रिय वनको
करिब १८.३२ हेक्टर क्षेत्रफलमा योजनाबद्ध वस्ती विकास गरी
स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग आवश्यक
प्रक्रिया अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ ।
बैठकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चरणबद्ध विकास र स्तरोन्नतिका लागि त्यसको चारकिल्लाबमोजिमका १४० बिघा जग्गा र
त्यहाँ रहेका घरटहरा कानुनबमोजिम अधिग्रहण गरी प्राप्त गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले सहरी विकास मन्त्रालयको त्रिपाल खरिद प्रकरणमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले कारबाहीका लागि परिपत्र गरेका मन्त्रालयका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
डा. प्रेम दङ्गाललाई युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । साथै १२ औँ
दक्षिण एरियाली खेलकुदका लागि छ करोड आठ लाख निकासा दिने
निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
बैठकले नेपाली सेनाको रिक्त प्राविधिक सहायकरथीमा डा भरतप्रसाद सिंहलाई पदोन्नति गरी सैनिक
पुनःस्थापना केन्द्रमा पदस्थापन गरेको छ
। रिक्त उपरथी दर्जामा सहायकरथी शमशेर ठकुराठीलाई पदोन्नति गरी सैनिक समाचार निर्देशनालयको महानिर्देशकमा
पदस्थापन गरेको छ ।
सरकारले २७ सैनिक अधिकृत र १४ जना सहसचिवको सरुवा गरेको छ । बैठकले निर्वाचन क्षेत्र
पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास
कार्यक्रमअन्र्गतको बजेटको चौमासिक कार्यक्रम पेस गर्न आगामी माघ मसान्तसम्मका लागि समय थप गर्ने निर्णय गरेको छ ।
२९ पुस, काठमाडौं । सरकारले भूकम्प प्रभावित गोरखाको लाप्राकका बासिन्दालार्इ प्सीपाखामा सारिने भएको छ ।
बुधबार साझ बसेको मन्त्रिपरिषद बैठकले
लाप्राकको गाविस–६ र ७ का भूकम्पपीडितलाई गुप्सीपाखामा रहेको भूमेमुन्टली
सार्वजनिक वन क्षेत्र र त्यससँग जोडिएको राष्ट्रिय वनको करिब १८.३२ हेक्टर
क्षेत्रफलमा योजनाबद्ध वस्ती विकास गरी स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग आवश्यक प्रक्रिया अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ ।
बैठकले भैरहवास्थित गौतमबुद्ध
अन्तर्राष्ट्रिय विमानस्थलको चरणबद्ध विकास र स्तरोन्नतिका लागि त्यसको
चारकिल्लाबमोजिमका १४० बिघा जग्गा र त्यहाँ रहेका घरटहरा कानुनबमोजिम
अधिग्रहण गरी प्राप्त गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले सहरी विकास मन्त्रालयको त्रिपाल
खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि परिपत्र
गरेका मन्त्रालयका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई स्पष्टीकरण सोध्ने
निर्णय गरेको छ ।
डा. प्रेम दङ्गाललाई युवा तथा साना
स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । साथै १२ औँ दक्षिण एरियाली
खेलकुदका लागि छ करोड आठ लाख निकासा दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन
राईले जानकारी दिनुभयो ।
बैठकले नेपाली सेनाको रिक्त प्राविधिक
सहायकरथीमा डा भरतप्रसाद सिंहलाई पदोन्नति गरी सैनिक पुनःस्थापना केन्द्रमा
पदस्थापन गरेको छ । रिक्त उपरथी दर्जामा सहायकरथी शमशेर ठकुराठीलाई
पदोन्नति गरी सैनिक समाचार निर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको छ ।
सरकारले २७ सैनिक अधिकृत र १४ जना
सहसचिवको सरुवा गरेको छ । बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास
कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्गतको बजेटको चौमासिक
कार्यक्रम पेस गर्न आगामी माघ मसान्तसम्मका लागि समय थप गर्ने निर्णय गरेको
छ ।
- See more at: http://www.onlinekhabar.com/2016/01/374774/#sthash.H8AjwXzn.SrF7Tj2P.dpuf
0 comments:
Post a Comment