भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना
माग पूरा गराउने नाउँमा अस्पताल र शिक्षण संस्थामा गरिने हड्ताल सरकारलाई सह्य नहुने बताएका छन्। लोकतान्त्रिक प्राध्यापक संघका
पदाधिकारीसँग भेटघाट गर्दै बुधबार उनले यस्तो बताएका हुन्।
'जायज मागहरु पूरा हुन्छन् तर शिक्षण संस्था र अस्पताल जस्ता
संस्थाहरुमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द
हड्ताल गर्ने जस्ता कामहरु सरकारलाई सह्य हुने छैनन्', प्रधानमन्त्री ओलीले भनाइ उदृत गर्दै
उनका प्रेस सल्लाहकार प्रमोद दाहालले भने।
संघका पदाधिकारीहरु विश्वद्यिालयहरुमा गरिने नियुक्तिहरुमा आफ्नो संघको समेत प्रतिनिधित्व हुनुपर्ने माग गर्न बालुवाटार पुगेका थिए। अध्यक्ष डा. उदय किशोर तिवारीको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विश्वविद्यालयहरु तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारीहरु नियुक्ति गर्न माग गरेको थियो।
प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै विश्वविद्यालयहरु राजनीतिक भागबण्डाका आधारमा नभई निष्पक्ष र प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफु रहेको जवाफ दिए। उनले समान योग्यता हुनेहरुबीच भेदभाव नगरी विश्वविद्यालयहरुमा नियुक्ति गरिने बताएका थिए।

0 comments:
Post a Comment