लुम्बिनी विकास कोषमा अख्तियारको छापा, ५ बोरा कागजपत्र नियन्त्रणमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२४ पुस, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा छापा मारेर कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।
भ्रष्टाचारको आशंकामा केही हप्तादेखि कोषको विषयमा अन्तरिक अनुसन्धान गरिरहेको अख्तियारको बुटवल सम्पर्क कार्यालयले शुक्रबारले कोषमा छापा मारेर कागजपत्रहरु नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोली पटक-पटक जाँदा कर्मचारीले कार्यालयमा ताल्चा लगाएर आन्दोलनमा उत्रिएको कारण कागजपत्र लिनमा कठिनाई भइरहेको थियो । शुक्रवार कोष कार्यालयको ताल्चा खुल्ला भएको मोर्चामा अख्तियारले छापा मारेको थियो ।
कोषमा भ्रष्टाचार भएको आशंकामा कागजपत्रहरु नियन्त्रणमा लिइएको अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए ।
उनले कोषको विकास निर्माण, चालु खर्च लगायत विभिन्न शाखाका कागजपत्रहरु नियन्त्रणमा लिई अध्यनन अनुसन्धान सुरु भइसकेको बताए । कोषका पदाधिकारी, कर्मचारीहरुको व्यक्ति फाइल र उनीहरुको सेवा सुविधा लगायत ५ बोरा कागजपत्रहरु नियन्त्रणमा लिइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment