वर्षमान पुनको स्वास्थ्य स्थिति बुझेर प्रचण्ड स्वदेश फर्किए, सभामुख केही दिन उतै बस्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पार्टीका सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त' को स्वास्थ्यस्थिति बारे जानकारी लिएर एमाओवादी अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका छन्।
थाइल्याण्डमा उनको थप उपचारका लागि सल्लाह गर्न बैंकक पुगेका प्रचण्ड बैंककको समितिभेज अस्पतालमा उपचारमा सम्लग्न चिकित्सकहरुसँग उनको स्वास्थ्यस्थिति बारे परामर्श गरेका थिए।
साँझ ७:४५ बजे नेपाल एयरलाइन्सबाट उनी स्वदेश फर्किएका हुन्।
अनन्तको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रचण्डले लगातार ३ पटक परामर्श गरेका थिए। चिकित्सकहरुका अनुसार विगतमा नेपाल र भारतमा भएको उपचारका क्रममा देखिएको लिभर सम्बन्धी समस्याको पूर्णरुपमा सुधार भएको तर लामो समय बिरामीको कारण प्रतिरोधात्मक क्षमतामा कमि आएकाले फोक्सोमा संक्रमण देखापरेको छ।
प्रतिरोधात्मक क्षमताको बृद्धि गराई उक्त संक्रमणको पूर्ण निधान गरेर अनन्त स्वदेश फर्किने विमानस्थलमा प्रचण्डले बताए। प्रचण्डसँगै बैंकक थगएकी अनन्तकी श्रीमती तथा सभामुख ओनसरी घर्ती भने केही दिन उतै रहने उनने जानकारी गराए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment