गार्मेन्ट र पर्यटनदेखि पुनर्निर्माणसम्मः अर्थतन्त्र चलायमान बनाउने चार सूत्र

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

-रविभक्त श्रेष्ठ, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

  २४ पुस, काठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनले यतिबेला मुलुकको आर्थिक क्षेत्र तहस-नहस भएकाबेला नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले सुस्ताएको अर्थतन्त्रलाई गति दिन चारवटा सूत्रहरु अघि सारेका छन् ।
नाकाबन्दी खुले पनि अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने स्थितिमा आर्थिक क्षेत्रलाई कसरी चलायमान बनाउने ? यसबारे उद्योगी व्यवसायीहरुवीच बहस सुरु भएको छ । सुस्ताएको अर्थतन्त्रलाई गति दिन सरकारको भूमिका महत्वपूर्ण हुने श्रेष्ठ बताउँछन् । सरकारले आर्थिक क्षेत्रलाई गति दिन उपयुक्त नीति बनाउनुपर्ने र सहजीकरण गर्नुपर्ने उनको सुझाव छ ।
सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढेमा चाँडै नै आर्थिक क्षेत्रले गति लिने श्रेष्ठको विश्लेषण छ । अर्थतन्त्र चलायमान बनाउने श्रेष्ठका सुझाव यस्ता छन्:





लामो समयदेखि आर्थिक क्षेत्र ठप्प हुँदा मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । नाकाबन्दी खुले पनि अर्थतन्त्रलाई पुरानै ट्रयाकमा ल्याउन धेरै समय लाग्छ । यसका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा आमजनता सबैको भूमिका हुनुपर्छ ।
अहिले अर्थतन्त्रलाई पुनः सामान्य अवस्थामा फर्काउनु नै ठूलो कुरा हो । योबेलामा भएको क्षति परिपूर्ति गर्नका लागि हामीलाई वर्षौं लाग्छ । यसका लागि सरकारले कस्तो नीति अंगीकार गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ ।
तर, सरकार र निजी क्षेत्र मिलेर काम गरेमा त्यति धेरै असम्भव पनि छैन् । हो, हाम्रो अर्थतन्त्रमा ८-१० खर्बको क्षति नाकाबन्दीका कारण भयो, झण्डै ७ खर्बको क्षति भूकम्पले भयो । यी निराशाका आँकडामात्र हामीसँग छैनन् । हामीले कडा परिश्रम गर्न सक्यौं भने एक बर्षमै नेपालको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सक्छौं ।
त्यसका लागि मुख्य सर्त हो सरकारी नीति । नेताहरुले अबको समय राजनीतिमा खर्च गर्नु हुँदैन । मन्त्री तथा नेताले उद्घाटन जस्ता अनुत्पादक काममा समय खर्चनुभएन । सम्पूर्ण इनर्जी अर्थतन्त्र चलायमान लगाउनुपर्छ ।
निजी क्षेत्रलाई विश्वासमा लिएर, साथै लिएर कसरी अगाडी जाने, कसरी रोजगारी सिर्जना हुने उद्योगलाई प्रश्रय गर्ने, निर्यातलाई प्रर्वद्धन गर्ने र विदेशी मुद्रा आर्जनलाई केन्द्रमा राख्ने भन्नेमै राजनीतिक नेतृत्वको ध्यान जान सक्यो भने मुख्य चारवटा क्षेत्रले नै नेपालीको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ ।
१. सरकारले बन्द उद्योग व्यवसाय खोल्नुुपर्छ
सरकारले सबैभन्दा पहिले बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउन सहयोग गर्नुपर्छ । उद्योगहरु चलेपछि त्यसले अर्थतन्त्रका सवै पक्षलाई चलायमान बनाउँछ
नाकाबन्दी र तराई आन्दोलनले महिनौंदेखि उद्योग व्यवसाय ठप्प छ । मुलुकको कुल ग्राहस्थ उत्पादनमा ठूलो योगदान पुर्‍याउँदै आएको उद्योग तथा व्यापार क्षेत्रलाई निर्भाध रुपमा सञ्चालन हुने अवस्था सिर्जना गर्न सरकारले भूमिका खेल्नुपर्छ । अहिले उद्योगी व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ । उद्योग व्यवसाय रि-भाइभका लागि सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्छ ।
सरकारले त्यस्तो सहजीकरणको वातावरण बनाएमा निजी क्षेत्र उत्साहित हुन्छ । लगानीको वातावरण बन्छ । सरकारले अनुदान, सहुलियत ऋण, साँबा ब्याज भुक्तानी गर्ने समयावधी थपिदिने लगायतका सुविधाहरु दिनुपर्छ । सरकारले निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर अघि बढ्नुपर्छ ।
सरकारले सबैभन्दा पहिले बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउन सहयोग गर्नुपर्छ । उद्योगहरु चलेपछि त्यसले अर्थतन्त्रका सवै पक्षलाई चलायमान बनाउँछ । त्यसपछि सहायक उद्योग व्यवसायहरु सुचारु हुन थाल्छन् । उद्योग चल्न थाले भने रोजगारी सिर्जना हुन्छ, क्यास फ्लो बढ्छ ।
२. पर्यटन उद्योगको प्रवर्द्धनमा लाग्नुपर्छ
नेपाली अर्थतन्त्रको मेरुदण्ड नै हो पर्यटन उद्योग । भूकम्प, तराई आन्दोलन र नाकाबन्दीले अहिले पर्यटन क्षेत्र क्षतविक्षत भएको छ । नेपालबारे गलत सन्देश विश्वभर फैंलिदा पर्यटक नेपाल आउन डराइरहेका छन् ।
नेपालमा पर्यटक आएपछि यसले पनि मल्टि इफेक्टपार्न थाल्छ । होटल, लज, ट्याक्सी, ट्रेकिङ व्यवसाय, साहसिक खेल लगायतका सबै क्षेत्रहरु सिंचित हुन्छन्
हामीले सन् २०१५ मा त पर्यटक भित्राउन सकेनौं । सन् २०१६ मा यसबाट भरपुर फाइदा लिनुपर्छ । स्पि्रङ सिजन आउन लाग्यो । हिजोको सहज अवस्थामा भन्दा भिन्नै किसिमले पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ । नेपालबारे फैलिएको गलत सन्देश चिरेर यथार्थ सन्देश प्रवाह गर्नुपर्छ । बिदेशी पर्यटकहरु नेपाल आएर म अहिले नेपालमा छु, नेपाल सुरक्षित छभनेर सन्देश दिइरहेका हुन्छन्, हामीले त्यसमा पटक्कै तत्परता देखाउन सकेका छैनौं ।
नेपालमा पर्यटक आएपछि यसले पनि मल्टि इफेक्टपार्न थाल्छ । होटल, लज, ट्याक्सी, ट्रेकिङ व्यवसाय, साहसिक खेल लगायतका सबै क्षेत्रहरु सिंचित हुन्छन् । हामीलाई प्रकृतिले संसारमै नभएका सुन्दर चिजहरु, मूल्यवान चिजहरु दिएको छ । पूर्वाधार बनाउने र संसारका मानिसलाई यहाँ ल्याउने कामले मात्रै हाम्रो देशको अर्थतन्त्रलाई स्थायित्व दिन सक्छ ।
३. पुनःनिर्माण र पूर्वाधार विकासमा जोड दिनुपर्छ

मुलुकको अर्थचक्र तिब्र बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्छ । अहिले पूर्वाधार विकासको काम ठप्प भएको छ । सरकार तथा निजी क्षेत्रले ठूला परियोजना निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।
भूकम्पछिको पुनःनिर्माण पनि अर्थतन्त्रलाई चलायमान बनाउने अर्को अस्त्र हो । विदेशी दाताले नै ४ खर्व रुपैयाँ प्रतिबद्धता जनाएका हुन्
त्रिभुवन विमानस्थलको स्तरोन्नति, भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम उच्च गतिमा अघि बढाउनुपर्छ । प्रस्तावित बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि छिट्टै अगाडि बढाउनुपर्छ । पर्यटन विकासका लागि विमानस्थल अतिआवश्यक छ ।
यसैगरी मेलम्ची खानेपानी, ठूला जलविद्युत परियोजनाको काम पनि तत्कालै अघि बढाउनुपर्छ । यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थाल्छ । हाम्रा लागि एक मिनेट पनि महत्वपूर्ण हुन आउँछ । चुप लागेर बस्ने बेला छैन् ।
हामी पूर्वाधार विकासमा धेरै पछाडि परिसकेका छौं । हामीले सडकदेखि धेरै क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । पूर्वाधार विकासका कामले गति लिन थाल्यो भने त्यसले पनि अर्थतन्त्रमा मल्टिपल प्रभाव पार्न थाल्छ ।
योसँगै भूकम्पछिको पुनःनिर्माण पनि अर्थतन्त्रलाई चलायमान बनाउने अर्को अस्त्र हो । विदेशी दाताले नै ४ खर्व रुपैयाँ प्रतिबद्धता जनाएका हुन् । हाम्रो बजेट पनि छ । त्यसो गर्दा हामीसँग ७/८ खर्ब खर्च गर्ने पैसा हुन्छ । पुनःनिर्माणलाई द्रुत बनाउनसाथ अर्थतन्त्रले आफै एउटा गति र दिशा समात्न थाल्छ ।
४. गार्मेन्टमा सहुलियत अर्को सुनौलो अवसर
हामीलाई पुनः एउटा अवसर प्राप्त भएको छ, नेपाली गार्मेन्ट प्रवेशमा अमेरिकाले दिएको शुन्य भन्सार सुविधा । हामीले यसलाई सुनौलो अवसरका रुपमा लिनुपर्छ । यसबाट हामीले भरपुर फाइदा लिन सक्नुपर्छ । भूकम्पपीडित नेपालीका लागि भनेर सहानुभूति राख्दै अमेरिकाले दिएको यो नै सबैभन्दा ठूलो उपहार हो हाम्रा लागि । अब गरेर देखाउने पालो नेपालको हो ।
सरकार दुईवटा काम गरिदिए पुग्छ । पहिलो काम गार्मेन्ट उद्योगमा २४ घण्टे विद्युत आपूर्ति र दोस्रो काम गार्मेन्ट क्षेत्रलाई हड्ताल निषेधित क्षेत्र बनाउने
बंगलादेशको अर्थतन्त्र गार्मेन्टमा निर्भर छ । त्यहाँबाट विश्वभर ठूलो परिमाणमा गार्मेन्ट निर्यात हुँदै आएको छ । गार्मेन्ट उद्योगबाट लाखौंले रोजगारी पाइरहेका छन् । नेपालमा पनि त्यो सम्भावना प्रशस्त छ । मुलुकको अर्थतन्त्रलाई गार्मेन्टमा निर्भर बनाउन सकिन्छ । तर, यसका लागि सरकारले उपयुक्त नीति बनाउनुपर्छ ।
अघिल्लो साता उद्योगी व्यवसायीको टोली प्रधानमन्त्री ज्यूलाई भेट्न जाँदा उहाँले अमेरिकाले दिने शुन्य भन्सार सुविधाबाट फाइदा लिन उत्पादन बढाएर निर्यात बढाउनुपर्‍यो भन्नुभयो । तर, कसरी ?
हामीलाई थाहा छ, अब गार्मेन्ट उत्पादनमा जोड दिनुपर्छ । सरकारले बढाउनुपर्‍यो भनेर मात्र हुन्छ र, बढाउने कसरी त ? सरकारले केही गर्नुपर्दैन, मात्र दुईवटा काम गरिदिए पुग्छ । पहिलो काम गार्मेन्ट उद्योगमा २४ घण्टे विद्युत आपूर्ति र दोस्रो काम गार्मेन्ट क्षेत्रलाई हड्ताल निषेधित क्षेत्र बनाउने ।
सरकारले एक हप्ताभित्र यी दुई निर्णय गरिदिओस्, हामी गार्मेन्ट उत्पादनलाई जोड दिन्छौं । उत्पादन बढाउनुस् भनेर मात्र केही हुनेवाला छैन् । सरकारले यी दुई काम गरिदिएमा हामीले अमेरिकी बजारमा सहज पहुँच पाउनेछौं र पहिलेकै जस्तो ठूलो विदेशी मुद्रा नेपाल ल्याउन सक्ने छौं ।
बर्षौंदेखि बन्द भएका गार्मेन्ट उद्योग पुनः सुरु हुनेछन् । दैनिक १५ सयको संख्यामा रोजगारीका लागि बिदेशीने हाम्रा दाजुभाई नेपालमै केही हदसम्म रोजगारी पाउन सक्नेछन् ।
, निजी क्षेत्र एकजुट हुनुपर्छ



नेताहरु मात्र होइन, निजी क्षेत्रमा पनि ठूलो राजनीति चलिरहेको छ । निजी क्षेत्रमा दर्जनौं संघ संस्थाहरु रहेका छन् । अब निजी क्षेत्र पनि एक हुनुपर्छ । सबै संघसंस्था मिलेर हाई लेभल काउन्सिलबनाउँ । त्यो काउन्सिलको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गर्नुपर्छ ।
आर्थिक क्षेत्रमा अग्रजहरु रहेका विज्ञहरुलाई पनि उक्त काउन्सिलमा समेटौं ।
त्यो काउन्सिलले दबाव दिनुपर्ने ठाउँमा दबाव दिन्छ । अहिलेको संकटबाट बाहिर आउन त्यो काउन्सिल र सरकार मिलेर अगाडि बढ्नुपर्छ ।
यो कुनै हावादारी कुरा हैन्, हामीले तत्कालै गर्न सक्ने काम मात्र हुन् । यति थोरै प्रयास गर्दा पनि हाम्रो अर्थतन्त्र लिकमा फर्किन सक्छ, हामीले राम्रो आर्थिक बृद्धि हासिल गर्न सक्छौं भने किन टाउकोमा हात राखेर बस्ने ?
नाकाबन्दी खुलेपछि यी चार सम्भावनालाई कार्यन्वयन गर्न हामीले आजैदेखि काम थाल्नुपर्छ । त्यसका लागि सबैले सरकारलाई सकारात्मक दबाउ दिउँ ।



२४ पुस, काठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनले यतिबेला मुलुकको आर्थिक क्षेत्र तहस-नहस भएकाबेला नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले सुस्ताएको अर्थतन्त्रलाई गति दिन चारवटा सूत्रहरु अघि सारेका छन् ।
नाकाबन्दी खुले पनि अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने स्थितिमा आर्थिक क्षेत्रलाई कसरी चलायमान बनाउने ? यसबारे उद्योगी व्यवसायीहरुवीच बहस सुरु भएको छ । सुस्ताएको अर्थतन्त्रलाई गति दिन सरकारको भूमिका महत्वपूर्ण हुने श्रेष्ठ बताउँछन् । सरकारले आर्थिक क्षेत्रलाई गति दिन उपयुक्त नीति बनाउनुपर्ने र सहजीकरण गर्नुपर्ने उनको सुझाव छ ।
सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढेमा चाँडै नै आर्थिक क्षेत्रले गति लिने श्रेष्ठको विश्लेषण छ । अर्थतन्त्र चलायमान बनाउने श्रेष्ठका सुझाव यस्ता छन्:
- See more at: http://www.onlinekhabar.com/2016/01/372341/#sthash.pxgLfv99.fqZhS6Cv.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment