आणविक शक्तिद्वारा कृषिमा नयाँ प्रविधि विस्तार गर्ने तयारी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


बिनाशकारी बम र क्षेप्यास्त्र बनाउन प्रयोग गरिने आणविक (न्युक्लियर) शक्तिको प्रयोग गरेर कृषिमा नयाँ प्रविधिको विस्तार हुने भएको छ। नेपालका लागि नयाँ प्रयोग भएपनि चीन, बंगलादेश, भियतनाम, इण्डोनेसिया, मलेसिया, कोरियासहित दर्जनौं मुलुकमा आणविक शक्तिको प्रयोग भइसको छ।
प्रविधिको प्रयोग गरेर विश्वभर अहिले तीन हजार दुई सय २२ वटा खाद्यान्न बालीका जात विकास गरेर सूचीकृतसमेत भइसकेका छन्।
नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय, अन्तर्राष्ट्रिय अटोमिक इनर्जी एजेन्सी(आईएइए), अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र, आईआरआरआईको सहयोगमा यस्तो प्रविधिको विकास गर्न छलफल सुरु गरेको छ।
यस प्रविधिको प्रयोगमा  आईएइएले आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गर्ने नार्कका निर्देशक विन्देश्वरप्रसाद यादवले बताए। उनका अनुसार नेपालमा पनि यो शक्तिको प्रयोग गरेर सफल नयाँ प्रविधि विकास गर्न लागिएको हो।
‘आणविक शक्ति खराबका लागि मात्रै होइन राम्रो कामको लागि पनि प्रयोग गर्न सकिन्छ’, उनले भने,‘आणविक शक्तिको प्रयोग गरेर शक्ति सम्पन्न राष्ट्रहरुले युद्व प्रयोजनका लागि क्षेप्यास्त्र र बिनाशकारी बम बनाइरहेका छन्। केही अन्य राष्ट्रहरुले सोही शक्तिको प्रयोग गरेर कृषिमा नयाँ प्रविधि विकास गरेर चमत्कार गरेका छन्।
उनले भने,‘शक्तिको प्रयोग गरी कृषिमा नयाँ प्रविधि विकास गर्न लागेका छौं।’ यो शक्तिको प्रयोग गरेर प्रविधि विकास गर्नका लागि अहिले आईएइएले ३० लाख मूल्यबराबरको बालीको वीउको प्रजनन समय छोट्याउने प्रविधिसम्बन्धी उपकरण नारीलाई उपलब्ध गराएको छ।
आइएइएले एक करोड ४० लाख मूल्य पर्ने अर्को उपकरण कोवाल्ट ६० गामा इरिडिएटर पनि नेपाललाई उपलब्ध गराउन प्रतिवद्धता जनाएको छ। तर अब यसको लागि नेपाल सरकारको स्वीकृत विना ल्याउन सकिन्न।
जापान एटोनोमिक इनर्जी एजेन्सीका बैज्ञानिक डा.योसिनिरो हासेले यो प्रविधिबाट विकास गरिएका बालीका बीउलाई पानी अत्यन्त कम आवश्यक पर्ने, रोग प्रतिरोधी क्षमताको र उत्पादन पनि झण्डै दोब्बर दिने क्षमताको छ। बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिब गजेन्द्र ठाकुरले आणबिक शक्तिको प्रयोग गरेर नयाँ प्रविधि विकास गर्न लाग्ने खर्च तथा योजना तयार बनाएर आफूलाई उपलब्ध गराउन नार्कलाई आग्रह गरेका छन्।
बीउ एक्स रे रेडिएसन मेसिनको सहयोगमा बीउको मूल गुणमा परिवर्तन गरिन्छ। एक्स रे मेसिनमा बीउ राखेपछि मेसिनबाट निस्कने आणबिक शक्तिसहितको रेडिएसन रे(प्रकाश) ले बीउको डिएनए र क्रोमोजोमलाई टुक्रा टुक्रा पार्छ। टुक्रा टुक्रा परेको कणहरु अर्को टुक्रामा विस्तारै जोडिन पुग्छ।
जोडिएर बनेको असंख्य नयाँ बीउलाई विभिन्न चरणमा परीक्षण गरिन्छ। परीक्षणको क्रममा नार्कले अहिले उखु, जुन र धानको  बीउको परिक्षण गरिरहेको छ। नार्कले  कम समयमा बढी उत्पादन दिने, रोगबाट मुक्त हुने र कम पानी सोस्ने क्षमताको विकास हुन्छ। त्यही बीउलाई छनौट गरेर त्यसबाट नयाँ बीउ उत्पादन गरी किसानलाई बितरण गरिने योजना छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment