भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
पूर्वअर्थमन्त्री रामशरण महत उत्कृष्ट अर्थमन्त्रीको अवार्ड थाप्न सोमबार लन्डन आईपुगेका छन्। यसअघि बेलायती आर्थिक पत्रिका फाइनान्सियल टाइम्सको सह-प्रकाशन द बैंकरले महतलाई ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर २०१६’ घोषणा गरेको थियो।
नेता महतलाई लण्डनको हिथ्रो विमानस्थलमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीली स्वागत गरेका थिए। साथै उनको स्वागतको लागी गैर आवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्य, सल्लाहकार विश्व आदर्श पण्डित तथा जन सम्पर्क समिति बेलायतका बिभिन्न पदाधिकारी विमानस्थल पुगेका थिए।
महतले लन्डनस्थित द फाइनान्सियल टाईम्सको सहप्रकाशन द बैंकरको आयोजनामा मंगलबार हुने विशेष समारोहमा भाग लिने छन्। यसका अलावा गैर आवासीय नेपाली संघ तथा नेपाली दूतावास लन्डनको आयोजनामा आगामी बुधवार लन्डनस्थित नेपाली दूतावासमा एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। उक्त कार्यक्रमको लागि बेलायतस्थित बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरूलाई बोलाइसकेको जानकारी संयोजक कुल आचार्यले दिए।
महतलाई गत वैशाखको विनाशकारी भूकम्पपछि उद्दार तथा पुनर्निर्माणार्थ अन्तर्राष्ट्रिय सहयोग जुटाउन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको बैंकरले जनाएको थियो।
नेपालमा प्रजातन्त्र बहाली पश्चात सबैभन्दा लामो समय अर्थमन्त्री भएपनि नेपालको आर्थिक रुपान्तरणमा कुनै उलेख्य भूमिका खेल्न नसकेको व्यक्तिलाई अवार्ड दिइएको भन्दै यसको ब्यापक आलोचनासमेत भएको छ।
0 comments:
Post a Comment