भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
माघ ४, २०७२- राजधानीमा ‘चेन क्याफे’का रूपमा चर्चित ‘दि बेकरी क्याफे’लाई दैनिक बेकरी/केक आइटम सप्लाई गर्ने यही समूहको नाङलो बेकरी प्रालिको सानेपा शाखामा सिलबन्दी गरिएको छ ।
बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यहाँबाट संकलन गरेको केकको नमुना प्रयोगशालामा परिक्षण गर्दा हाइजिनिक अवस्था सन्तोषजनक नरहेको भेटेपछि उद्योगमा सिलबन्दी गरिएको हो । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले सानेपास्थित नाङलो बेकरीको केक पेस्ट्री उत्पादन गर्ने उक्त कारखानाबाट उत्पादन भएका नमूना जाच्दा खान अयोग्य रहेको भेटिएको बताए ।
प्रवक्ता वस्तीका अनुसार ‘दि बेकरी क्याफे’ नयाँबानेश्वरबाट खरिद गरेको केक खुवाउँदा आफ्ना बालबालिकाले तारन्तार बान्ता गर्न थालेर बिरामी परेपछि एक उपभोक्ताले विभागमा उजुरी हालेका थिए । ती उपभोक्ताले त्यहाँबाट खरिद गरेको केकको नमूना पनि बबरमहलस्थित विभागको प्रयोगशालामा जाँच गराएका थिए । विभागले ती उपभोक्तासहित नयाँ बानेश्वरस्थित क्याफे र नाङलो बेकरीको सानेपास्थित उत्पादन कारखानबाट पनि नमूना लिई जाचेको थियो ।
‘सबै नमूनामा हाइजिनिक अवस्था सन्तोषजनक नरहेको र फुडपोइजनिङ हुन सक्ने भेटीयो,’ प्रवक्ता वस्तीले कान्तिपुरसँग भने । उनका अनुसार यो मुद्दा ललितपुर प्रशासन कार्यालयले कारबाही गर्ने छ ।
यसैबीच अनुगमन टोलीले नाङलो बेकरी प्राली ठैवको शाखाका रुपमा सानेपामा स्थापना गरिएको केक पेस्ट्रि उत्पादन गर्ने कारखानाले अनुज्ञापत्र पनि नलिएको भेटाएको छ । ललितपुर प्रशासनका साथ त्यहाँ पुगेका विभागका खाद्य निरीक्षक मदन चापागाईको टोलीले नाङलोको सानेपास्थित कारखानाले अनुज्ञापत्र नलिई संचालित गरेकोमा पनि कारबाही गर्नुपर्ने सिफारिस गरेको छ । यो मुद्दा पनि ललितपुर प्रशासनले नै हेर्ने छ । खाद्य नियमावलीले हरेक उद्योगलाई गुणस्तर उत्पादनका लागि अनुज्ञापत्र अनिवार्य गरेको छ । अनुज्ञा नलिई खाद्य उद्योग संचालनु हुनुलाई ऐनले गम्भीर मान्दछ । खाद्य नियमावली २०२७ ले छुट्टै उत्पादन स्थानले समेत अनिवार्य अनुज्ञापत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
यसैबीच नयाँ बानेश्वरको बेकरी क्याफेले दैनिक बिक्री भएको केकको अभिलेख पनि नराखेको निरीक्षण टोलीले औंल्याएको छ । ‘निरीक्षण गर्दा नाङलो बेकरी प्राली सानेपाबाट दैनिक केक खरिद गर्ने र बिक्री नभएको अर्को दिन फिर्ता गर्ने भने पनि अभिलेख प्रमाण देखाउन सकेन,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विभागले जाँचिएका नमुनामध्ये पनि बेकरी आइटममा प्रयोग हुने क्रिम खान अयोग्य रहेको जनाएको छ ।
0 comments:
Post a Comment