सहुलियतको नुन र चामल लिन अब दलका नेता गुहार्नु नपर्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिनका लागि सर्वसाधारणले राजनीतिक दललाई गुहार्ने चलन लगभग सकिएको छ।
तीन वर्षअघि सम्म सहुलियतको नुन र चामल लिनका लागि टाढा–टाढाका गाउँबाट समेत सर्वसाधारण आउने र कार्यालयबाट थोरै पाउने भएकाले विभिन्न नेतालाई गुहार्ने चलन थियो।  सर्वसाधारण नागरिक जाँदा थोरै दिने कार्यालयले नेताको सिफारिसपछि धेरै दिन्थे, सोही कारण जिल्लामा नुन र चामलको राजनीति निकै मौलाएको थियो।  त्यसबेला जुन नेताले बढी नुन र चामल झिकिदिन्थे, नागरिकको नजरमा उही प्रिय बन्थे। तर अहिले त्यस्तो छैन।
त्यसबेला सर्वसाधारणले नेता मात्र नभई प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, गाविस सचिवलगायत अन्य धेरै थरीका व्यक्तिलाई गुहारेर सहुलियतको नुन र चामल लिन्थे। त्यो तहमा पहुँच पुर्याउने धेरैले सर्वसाधारणसँग उचित अनुचित लाभ पनि लिन्थे, तर अहिले त्यो रोकिएको छ। सल्यानबाट नुन लिन साल्ट ट्रेडिङ कर्पोरेसन सल्लेरी आउनुभएका तुलसीराम निरौलाले भने, ‘पहिले त दुईजना नेतालाई भनेर १० पोका नुन लान्थँे, तर अहिले त कसैलाई नभनी १० पोका लिएँ।’
फाप्लुबाट आउनुभएका खेम रसाइली पनि कसैको भनसुन बिना नुन झिकेको भन्दै दङ्ग थिए। अहिले नेताहरूलाई चामल र नुनका लागि अनुरोध गर्नेहरूको सङ्ख्या लगभग शून्य जस्तै छ। सशस्त्र द्वन्द्वकालमा र त्यसपछिका केही वर्ष दैनिक २०/२५ जनालाई नुन र चामलको सिफारिस गरिदिएको बताउने नेकपा (एमाले) सोलुखुम्बुका अध्यक्ष मानवीर राई अहिले सडक पहुँचसँगै नुन र चामलको सहज उपलब्धता भएकाले नुन, चामल लिन आफूहरूलाई कसैले पनि नभन्ने गरेको बताउछन्।
 chamal
राजाको सक्रिय शासनकालमा जिविस सोलुखुम्बुको संयोजक बनेका दीपबहादुर कार्की आफ्नो कार्यकालमा सबैभन्दा बढी नुन र चामलका लागि सम्बन्धित कार्यालयमा सिफारिस गर्दैमा व्यस्त रहेको बताउछन्। तर अहिले त्यस्तो छैन। उनी भन्छन्, ‘तीन वर्षअघिसम्म त धेरैले अनुरोध गर्थे तर अहिले कसैले भन्दैनन्।’
साल्ट ट्रेडिङ कर्पोरेसन सल्लेरीका प्रमुख गङ्गाप्रसाद शाह पनि २/३ वर्षअघि कार्यालयले थेग्नै नसक्ने गरी विभिन्न क्षेत्रको सिफारिस आउने र कतिपयले धम्काउने समेत गरेको भए पनि अहिले त्यो लगभग शून्य जस्तै रहेको बताउछन्। गाउँबाट सहुलियतको नुन र चामल लिनका लागि आउनेको लर्को नै लाग्थ्यो। त्यहाँ जसको पहुँच पुग्यो उसैले नुन चामल पाउने अवस्था भएपछि गाउँबाट आएकाहरू नेताको पछि लाग्थे जसका कारण नेताहरू नुन र चामलको सिफारिस गर्नमा व्यस्त हुन्थे भने त्यसैबाट राजनीति पनि चल्थ्यो।
पहुँच चल्थ्यो, यदि पहुँच नपुगेमा सर्वसाधारणले नुन र चामल पाउँदैनथे। पाएमा पनि थोरै। पहुँच लगाउन सकेमा धेरै पाइन्थ्यो, त्यसैले विभिन्न क्षेत्रका व्यक्तिको पछि लाग्थे। त्यस्तो सिफारिसका कारण राजनीतिमा प्रिय बन्ने अवसर पनि केहीलाई थियो, तर अहिले त्यो हटेको छ, यातायातको पहुँचसँगै नुन चामलको गाउँ/गाउँका बजारसम्म सहज उपलब्धता भएकाले त्यो रोकिएको छ। रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment