नेपालले जितेसँगै सामाजिक संजालमा एसएसपी सवेन्द्र खनाल वाहवाही बने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मिडिया एनपी,काठमाडौँ, ८ माघ । २३ वर्ष पछि अन्तराष्ट्रिय स्तरको फुटबल उपाधि जितेसँगै नेपालका फुटबल फ्यानहरु बिच फरक खालको बहस सुरु भएको छ । वहसका पात्र बनेका छन् एसएसपी सर्वेन्द्र खनाल, बिमल घर्ती, नवयुग श्रेष्ठ तथा गणेश थापा र सागर थापाहरु । शुक्रबार बंगबन्धु गोल्डकप जिते लगत्तै सामाजिक संजालमा यि पात्रहरुका बारेमा राम्रा र नराम्रा तर्क र विचारहरुको बाडी नै लाग्यो ।
जब एसएसपी खनालले म्याच फिक्सिगंको अनुसन्धानकारी नेपाली फुटबलमा सुद्धिकरणको प्रारम्भ गरे त्यही बिन्दुबाट नै नेपाली फुटबलको जय हुन सुरु भएको भन्दै नागरिक दैनिकका क्राइम रिपोटर केपी ढुंगानाले ट्विट गर्न भ्याइ हाले । त्यस्तै फेसबुकमा स्टाटस लेख्दै अर्का फ्यान ज्ञानेन्द्र खड्काले भनेका छन् म्याच फिक्सिगं नभएको भए नेपालले यस अघि नै गेम जित्ने रहेछ । खेल जितेको १ मिनेट पछि सामाजिक संजालमा यि र यस्ता कैयौँ स्टाटसहरुको बाढी नै लागेको छ ।
नेपालका पूर्व कप्तान सागर थापा लगायतका नाम चलेका खेलाडीहरु आज नेपाली फुटबलका लागी कलंकका रुपमा कहलीइरहेका बेला बिमल घर्ती र नव युगहरुका प्रहारले नेपाली फुटबललाई सुमार्ग तिर बढाइरहेको छ भन्ने कुराको साक्षी आजको दिन बन्न पुग्यो ।
जसमा बिमल, नवयुग, प्रशिक्षक बालगोपाल मर्हजन, एसएसपी खनाल, लगायत फुटबलको उत्थानका लागी खटिएका इमान्द्धार कर्मठ योद्धा ठहरीए भने फुटबललाई देखावटी पेशा बनाएर भित्रभित्र जालसाँझी रचेर सदियौँदेखि नेपाली फुटबललाई बलात्कार गर्दै आएका गणेश र सागर थापालाई गद्धार भन्दै सामाजिक संजालमा उनीहरुको खोइरो खन्ने क्रम सुरु भएको छ । यो क्रम अब रोकिने भन्दा पनि तन्किने देखिन्छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment