शानदार खेल खेल्दै नेपालले जित्यो बंगबन्धु गोल्डकप, बहराइनलाई खाता खोल्नै दिएन नेपालले

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

nepal win

काठमाडौं, ८ माघ । बंगबन्धु गोल्डकप फुटबलको उपाधि नेपालले जितेको छ । बंगलादेशको बंगबन्धु रंगशालामा केही बेर अघि सम्पन्न खेलमा नेपालका बिमल घर्ती र विशाल राई र नवयुग श्रेष्ठको गोलले नेपाल बिजेता बन्न सफल भएको हो । खेलको ५ मिनेटमा नै नेपालले लिएको अग्रता अन्तिम समयसम्म नै जारी रह्यो । खेलको अन्तिमम समयमा विशाल राईले गोललाई दोब्बर बनाए । 
राईले गरेको गोलको स्टेडीयममा उपस्थित खेलाडीले खुशीयाली मनाइ नसक्दै अर्का स्ट्राइगर नवयुग श्रेष्ठले अर्को गोल थपे । लगातारको गोलको वर्षाले नेपालले आज शानदार जित निकाल्न सफल भएको हो । शुक्रबारको जितसँगै नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेर इतिहाँस रच्न सफल भएको हो ।
यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । नेपालका राष्ट्रिय टिममा आवद्ध सागर थापा लगायतका अन्य खेलाडीहरु म्याच फिक्सिगंको आरोपमा परेर धरापमा परेको नेपाली फुटबललाई शुक्रबारको यो ऐतिहाँसिक बिजयले केही माथि उठाउने निश्चित छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment