सरकारी निकायलाई आफैं कर्मचारी नियुक्त गर्न लोकसेवाले रोक्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Lok-Sewa-Aayog-Nepal
२३ पुस, काठमाडौं । लोकसेवा आयोगले सबै सरकारी तथा सार्वजनिक निकायलाई आफैं परीक्षा लिएर कर्मचारी नियुक्त गर्न रोक लगाएको छ ।
आयोगका अध्यक्ष उमेश मैनालीले सरकारी कोषबाट पेन्सन दिने सबै सार्वजनिक सेवामा नियुक्ती दिँदा लोकसेवा आयोगको परीक्षा पास गर्न अनिवार्य भएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानमा व्यवस्था भएपनि ऐन नबनिसकेकोले कुनै सरकारी निकायले परीक्षा लिएर कसैलाई आफखुसी नियूक्त दिँदा पछि बर्खास्त गर्नुपर्ने चेतावनी दिए ।
यस विषयमा आयोगले आवश्यक निर्णय गरी सार्वजनिक सूचना जारी गरेकोे र सरकारलाई पनि अवगत गराईसकेको उनले बताए ।
संविधानको व्यवस्था अनुसारको ऐनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाएको भन्दै ऐन पारित भएपछि रोकिएका सार्वजनिक सेवाको लिखित परिक्षा लोकसेवाले लिने मैनालीले स्पष्ट पारे ।
अध्यक्ष मैनालीले अब खरिदार र नायब सुब्बा पदको र्फम भर्नेहरु मध्येबाट स्क्रीनिङ गरेर मापदण्ड पुरा गर्ने र त्यसमा पाएको अकं अन्तिम परीक्षामा समेत जोडिने गरी तयारी भईरहेको जानकारी दिए ।
आरक्षण कोटामा पास हुन समेत समस्या भएकोले पासमार्क ५० देखि ४० मा झारेको उनले बताए ।
लोकसेवा आयोगको परम्परागत लिखित परिक्षाले मात्रै कुनैपनि उम्मेदवारको मुल्याङ्कन हुन नसक्ने भएकोले परीक्षा प्रणालीमा लिखितसहित प्रस्तुती प्रणालीलाई समावेश गर्न लागेको बताउँदै उनले आगामी असोजमा हुने सहसचिव पदको परीक्षाबाट यो पद्धतिलाई सुरु हुने उल्लेख गरे ।
मैनालीले लोकसेवा आयोगमा ‘डबल ब्लाईण्ड’ बिधी भएकोले योग्य उम्मेदवार मात्रै पास हुने सुनिश्चित भएको दावी पनि गरे ।
लोकसेवा परीक्षा उत्तीर्ण हुनेहरुको मार्कसिट अनलाईनमा राख्ने प्रक्रिया सुरु भएको र पछि सबै परीक्षार्थीहरुको मार्कसिट राख्ने काम सुरु गरिने योजना पनि सुनाए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment