महिला प्रहरीलाई सिंगो चौकीको जिम्मेवारी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २३, २०७२- मकवानपुरमा पहिलोपटक महिला प्रहरीमात्र राखेर प्रहरीको चौकीको जिम्मेवारी दिइएको छ । हेटौंडा उपमहानगररपालिका-१० स्थित भुटनदेवी प्रहरी चौकीमा बिहीबारदेखि महिलामात्र राखिएको छ ।
उक्त चौकीको मध्य क्षेत्रका प्रहरी नायव महानिरीक्षक देवेन्द्र सुवेदीले बिहीबार एक समारोहबीच शुभारम्भ गरेका थिए । मकवानपुरमात्र होइन मध्य क्षेत्रमा नै महिला प्रहरीहरुमात्र रहेको यो एकमात्र प्रहरी चौकी हो ।  
प्रहरी सहायक निरीक्षक दिलकुमारी काफ्लेको नेतृत्वमा स्थापित प्रहरी चौकीमा एक हवल्दार महिलासहित ९ महिला प्रहरी छन् । भुटनदेवी मन्दिरको परिसरमा २०४६ सालमा स्थापना भएको उक्त प्रहरी चौकीका प्रमखुलगायत प्रहरीहरु पुरुष थिए ।   
उक्त कार्यक्रममा नायव महानिरीक्षक सुवेदीले महिलाको कार्यकुशलताको प्रशंसा गर्दै महिला प्रहरीहरुले कुनै हालतमा अपराधीसँग नझुक्ने र सम्झौता पनि नगर्ने बताए । 'महिला प्रहरीहरुमात्रै रहेको प्रहरी चौकीले शान्ति सुरक्षा कायम राख्न र स्थानीयवासीको मन जित्न सफल भएमा अन्य जिल्लामा पनि यो अभ्यास गरिने छ,' उनले भने ।
जिल्ला प्रहरी कार्यालयको प्रमुख पनि महिला नै भएकाले पनि महिला प्रहरीहरुको मनोवल उठाउन महिला प्रहरीमात्र भएको प्रहरी चौकी स्थापना गरेको हो । मकवानपुरमा कार्यरत ५ सय ८६ प्रहरी मध्ये ६२ जना महिला प्रहरीहरु रहेका छन् ।
महिला प्रहरीहरुमात्र रहेको प्रहरी चौकीले अन्य चौकीका प्रहरीहरु भन्दा उत्कृष्ट काम गर्ने विश्वास रहेको प्रहरी उपरिक्षक मीरा चौधरीले बताइन् । महिलामात्र रहेको प्रहरी चौकीको जिम्मेवारी लिएकी प्रसनि काफ्लेले यस क्षेत्रका बासिन्दालाई शान्ति सुरक्षाको अनुभुत गराउने र प्रहरी जनताको साथी हो भन्ने भावना जागृत गराउन सफल हुने बताइन् ।
उक्त चौकीका महिला प्रहरीहरु उत्साहित छन् । 'अवसर पाएपछि काम गरेर देखाइन्छ,' एक महिला प्रहरीले भनिन् । उक्त प्रहरी चौकीको मातहतमा सात हजार जनसंख्या रहेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment