मधेशी मोर्चाद्वारा कडा चेतावनी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं, ८ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारी दमन नरोकिएसम्म अब कुनै वार्ता र छलफलमा सहभागी हुने चेतावनी दिएको छ ।
वार्ता र छलफल सहमति उन्मुख हुँदै गर्दा सरकार दमनमा उत्रिने गरेको आरोप लगाउँदै मोर्चाले अब दमन नरोकिएसम्म छलफल र वार्तामा सहभागी नहुने बताएको हो । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर मोर्चाका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकार दमनमा उत्रिएको भन्दै अब दमन नरोकिएसम्म वार्तामा मोर्चा नबस्ने जानकारी गराएका हुन् । 
रंगेलीमा बिहीबार भएको घटनामा प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएपछि मोर्चाको उक्त धारणा बाहिर आएको हो । बैठकलाई कर्णले उक्त जानकारी गराएसँगै मोर्चा आवद्ध पार्टीका सांसदहरुले शुक्रबार पनि संसद बैठक बहिस्कार गरेका छन् ।
मोर्चाले बैठक बहिस्कार गरेपनि नेपालको संविधान पहिलो संशोधन विधेयकमाथि छलफल भने भइरहेको छ । संघीय सीमांकन सहित ११ बुँदे माग राखेर मोर्चा पाँच महिना भन्दा बढी सयम देखि आन्दोलनमा उत्रिएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment