बायोग्याँसका लागि प्रस्ताव ल्याउन मन्त्री पौडेलको आग्रह

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौँ, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रबद्र्धनका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बायोग्यास प्रवद्र्धन सङ्घको सहकार्यमा स्पष्ट योजना ल्याउन आग्रह गरेका छन् ।
नेपाल बायोग्यास प्रवद्र्धन सङ्घको २१ औँं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले  चालु आर्थिक वर्षभित्र थप ७० हजार बायोग्याँस प्लान्टका लागि आवश्यकपर्ने अनुदानको व्यवस्था गर्न सरकार तयार रहेको बताए । बायोग्याँस प्लान्टका विषयमा व्यवस्थित र मूर्तप्रस्ताव १५ दिनभित्र लिएर आउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले योजना बनाउँदा सामथ्र्यको अधिकतम सीमासम्म ध्यान दिनुपर्नेमा जोड दिए ।
बायोग्याँसलाई प्रोत्साहित गर्नका लागि बनाउनु पर्ने नीति, लिनुपर्ने निर्णय र गर्नुपर्ने लगानीतर्फ राज्यको ध्यानाकर्षण गर्न बायोग्याँस प्रवद्र्धन सङ्घ सफल भएको बताउँदै उनले प्राप्त उपलब्धिमा सन्तोष नगरी प्रवद्र्धनका लागि थप प्रयास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले बायोग्याँस उत्पादनबाट मुलुकमा रोजगारीको विकास, आर्थिक वृद्धि एवम् स्थानीय सीप र स्रोतसाधनको प्रयोगबाट गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुगेकोे बताए ।
सङ्घका अध्यक्ष लोकनाथ घिमिरेले सङ्घको सक्रियतामा स्थापना भएका बायोग्यास प्लान्टमध्ये ९५ प्रतिशत पूर्ण सञ्चालनमा रहेका र यस क्षेत्रमा १० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेको जानकारी दिए ।
कार्यक्रममा हालसम्म एक सय १७ भन्दा बढी बायोग्याँस निर्माण गर्न कम्पनी संलग्न रहेको र यस क्षेत्रका निजी कम्पनीमा वार्षिक ६० हजार भन्दा धेरै सङ्ख्यामा बायोग्यास निर्माण गर्ने क्षमता रहेको जानकारी दिइएको राससले उल्लेख गरेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment