पोखरामा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पोखरा, २३ पुस - जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पोखरा
उपमहानगरपालिका वडा नं. २४, कृष्ति, दम्सादीबाट पोखरा–१७ पहलतरा जोड्ने उक्त पुलको लम्बाई २ सय ७६ मिटर हुनेछ ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले पुल शिलान्यास गर्दै पर्यटकीय सम्भावना बनेको यस क्षेत्रको विकासका साथै आसपासका बासिन्दालाई पुलले अत्यन्त उपयोगी हुने बताए ।
पोखरा विमानस्थल शिलान्यास आगामी माघ १६ गते हुने गरी तयारी भैरहेको बताउँदै सभापति अधिकारीले विकास निर्माणमा सबै राजनीतिक दलको सामुहिक प्रतिवद्धता र सहयोग आवश्यक हुने धारणा राखे । पोखरा र यस आसपासका क्षेत्रको विकासका लागि उत्तरमा केरला नाकादेखि दक्षिणमा सुनौलीलाईजोड्नुपर्नेमा उनको जोड थियो ।

पुलको अभावमा वर्षौंदेखि लगभग डेढ घण्टा पैदल हिड्न बाध्य कृष्तिनाच्ने चौर, निर्मलपोखरी लगायत स्थानका स्थानीयवासी सो पुल निर्माण सम्पन्न भए पछि भने १० मिनेटमा आवतजावत गर्न सक्ने छन् ।
सस्पेन्सन ब्रीज डिभिजन कार्यालयद्वारा एक करोड २२ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गर्न लागिएको झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष तारानाथ आचार्यले बताए । निर्माण समिति सचिव शालिकराम अधिकारीले पुलले स्थानीयबासि लाभान्वित हुने बताए । झोलुङ्गे पुल निर्माणका लागि हेमकुमार श्रेष्ठ, वेदनाथ आचार्य र भीमलाल आचार्यले आवश्यक जग्गा उपलब्ध गराएका हुन् ।

सस्पेन्सन ब्रीज डिभिजन कार्यालयका डि.ई कुमार थापा, स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, नेकपा एमालेका सचिवालय सदस्य तेजनारायण अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं ३ का सचिव रघुनाथ पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, निर्माण व्यवसायी ओम गौचन,
उपभोक्ता समितिका सल्लाहकार इन्द्रमणि आचार्य लगायतले धारणा राखेका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment