भारतमा ६ आणविक भट्टी बनाउने फ्रान्सको घोषणा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Francois-Hollande-and-modi
११ माघ, काठमाडौं । भारत भ्रमणमा आएका फ्रान्सका राष्ट्रपति फ्रान्स्वा आलण्डले छ वटा आणविक भट्टी बनाउने घोषणा गरेको छ ।
सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेेपछि आलण्डले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरे । दुई नेताबीचको भेट सुरक्षा र सैन्य सहयोगका साथै चरमपन्थी अन्त्य र परमाणु उर्जा जस्ता मुद्दामा केन्द्रीत रहेको अधिकारीहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा फ्रान्सका राष्ट्रपति आलण्डले भारतमा छ वटा आणविक भट्टी बनाउने घोषणा गरे । यसको प्रयोग विजुली उत्पादनमा प्रयोग हुनसक्छ ।
साथै भारतले फ्रान्सँग ३६ लडाकू विमान किन्ने सहमति भएको छ । यद्यपि यसको आर्थिक विषय टुङ्गनि बाँकी छ ।
फ्रान्सले भारतमा स्मार्ट सिटी बनाउने सहयोग गर्ने बताएको छ । साथै भारतलाई सौर्य उर्जाको क्षेत्रमा पनि सहयोग गर्नेछ । फ्रान्सेली कम्पनी भारतमा मेक इन इण्डिया कार्यक्रममा सहभागी हुने ओलण्डले घोषणा गरे ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment