निगमविरुद्ध आन्दोलन गर्ने पेट्रोलियम व्यवसायीको चेतावनी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


११ माघ, काठमाडौं । इन्धन अभाव चर्किएका बेलामा पनि आपूर्ति र वितरण प्रणाली नसुधारेको भन्दै पेट्रोलियम व्यवसायी र ग्यास उद्योगीले निगम विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
नेपाल पेट्रोलियम डिर्लस एशोसियशन, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, र ग्यास एद्योग संघले संयुक्त विज्ञप्ती जारी गर्दै निगमको अपारदर्शी र गैरजिम्मेवार कार्यशैली विरुद्ध सम्बद्ध सरकारी निकायमा जानकारी गराएपनि कुनै सुधार नभएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
व्यवसायीले अभावका समयमा समेत पम्प तथा ग्यास उद्योगको लाईसेन्स वितरण गरेकोको प्रति आक्रोस पोखेका छन् ।
उनीहरुले निगमले पेट्रोलियम पदार्थ तथा ग्यास आयात सहज गर्न ठोेस कदम नचालेको तथा खरिद कर्ताको भण्डारण क्षमता, आवश्यकता र औचित्य समेत नहेरी तोक ओदशलाई प्राथमिकता दिई अपचलन र अनियमितातालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
विज्ञप्तीमा विक्रेतालाई नापतौलबाट प्रमाणित नगरिएका ट्यांकरबाट तेल विक्री गरेको, लोड भएर आएका ट्यांकरलाई समयमा खाली नगरिएको र नीजि पेट्रोल पम्पलाई न्युन परिमाणामा तेल उपलव्ध गराएकोमा आपत्ति जनाइएको छ ।
व्यवसायीले यसैगरी रक्सौल नाकामा रोकिएका ग्यास बुलेट रि-रुट गर्न  ठोस कदम नचालेको र अभाव सिर्जजा गरी कालोबजारीलाई प्रोत्साहन गरेको आरोप पनि निगममाथि लगाएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment