गौर नाकाको अवरोध हट्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



रौतहट-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा लामो समय देखि बन्द रहदै आएका तराईका जिल्ला मध्ये रौतहट सदरमुकाम गौरको जनजीवन सामान्य बन्दै गएको छ।

मोर्चाको आन्दोलन कमजोर तथा प्रभावहिन हुदै जाँदा गौर बैरगनिया सिमा क्षेत्रमा रहेका मितेरी पुलको समेत अवरोध हटेपछि सर्वसाधारण जनताहरुलाई आवागमनमा सहज हुँदै गएको हो।

नाकामा विगत तीन दिनदेखी धर्नाकारी हटेपछि स्थानीयहरु मुख्य नाका प्रयोग गरेर नै मालसमानहरु धमाधम भित्र्याइरहेका छन। आनदोलनकारीहरु गौर भन्सार कार्यालय देखी सय मिटर दक्षिण दशगजामा बनाएको मितेरी पुलमा धर्ना बसेपछि स्थानीयहरु छेउको बाटो प्रयोग गरेर कष्टपूर्ण तरीकाले दैनिक जीवनयापनका समान ल्याउन बाध्य थिए।

महिनौपछि आन्दोलकारी स्वयमले नै नाका छोडेर गएपछि समानहरु निर्बाध रुपमा मुख्य नाकाबाट ल्याएको गमहरीया पर्सा गाविस ८ का सत्रुधन मिश्रले बताए। 'आनदोलनकारी नाकामा धर्ना बसेको वेला सामान ल्याउन धेरै घुमाउरो बाटो प्रयोग गरेको कारण कठिनाइ भोग्नु पर्थ्यो, मितेरी पुलमै मिश्रले नागरिक न्युजलाइ भने 'अहिले नाकामा आन्दोलनकारी धर्नाबाट हटेपछि मुख्य नाकाबाटै समान ल्याएका छौ।'

नाकाको अवरोध हटेपछि गौर भन्सार कार्यालय समेत विहिबारबाट सुचारु भएको छ । सुरु मै आन्दोलनकारीले भन्सार सूचारु गरे कर्मचारीको हात नै काटिदिने धम्कीपछि गौर भन्सार कार्यालयले झण्डै साढे चार महिनादेखी राजस्व संकलन कार्य बन्द गरेको थियो।

नाकामा धर्नाकारी हटेपछि व्यावसायीहरुले सिमावर्ती भारतको बैरगनीया बजारवाट निर्वाध रुपमा माल समान ल्याउन थालेका छन। भारतीय वजारबाट कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स लगायतका माल समानहरु ल्याउन थालेपछि भन्सार राजस्व संकलन कार्य सुरु भएको कर्मचारीहरुले जनाए। बिहिवार मात्रै साढे चार लाख रुपैयाँ राजस्व संकलन भएको गौर भन्सार कार्यालयका खरिदार भिमलाल मिश्रले बताए। स्थानीय र केही व्यापारीहरुले भन्सार काटन दवाव दिएपछि हामीले भन्सार सुचारु गरेर राजस्व संकलन कार्य जारी राखेको खरदार मिश्रको भनाइ छ।

 


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment