पोखराबाटै सेयर निक्षेप खाता

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पोखरा- धितोपत्रको निक्षेप सेवा पोखरामा पनि सुरु भएको छ। अनलाइन प्रणालीबाट हुने यो सेवा बुधबारदेखि एनआइबिएल क्यापिटलले सुरु गरेको हो। अबदेखि पोखराका सेयर लगानीकर्ताले पनि सेयर निक्षेप खाता खोल्न सक्नेछन्।

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, धितोपत्र बजार (नेप्से) का प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बुधबार एनआइबिलएद्वारा सुरु यो सेवाको पोखरामा संयुक्त रुपमा उद्घाटन गरे। सेवा सुरुवातको उपलक्ष्यमा बुधबार पोखरामा एक कार्यक्रमसमेत आयोजना गरी लगानीकर्ताका लागि सचेतना प्रशिक्षण पनि दिइएको थियो।

कागजी प्रमाणपत्रलाई विस्थापित गरी अनलाइन प्रणाली सुरु गर्न खुलेका कम्पनीहरुमध्ये एनआइबिलले पोखरामा औपचारिक रुपमा सेवा सुरुवातको घोषणा गरेको हो। यस्ता सेवा प्रदायक यहाँ ४ वटा छन्। ग्लोबल आइएमई, एनआइसी एसिया र प्रिमियर सेक्युरिटीले पनि सेयर निक्षेप खाता खोल्ने सेवा दिन्छन्।

एनआइबिएलका महाप्रबन्धक मेखबहादुर थापाले अब सेयर प्रमाणपत्रका सट्टा लगानीकर्ताले डिपोजिटरी सर्टिफिकेट पाउने जानकारी दिए। यो कम्पनीले बुधबार पोखरासँगै यस्तो सेवा देशका ४४ जिल्लाका ६६ ठाउँमा पनि सुरु गरेको उनले बताए। अहिलेसम्म १५ हजार ७ सयजनाले सेयरको अनलाइन खाता खोलिसकेको एनआइबिलले जनाएको छ। यो संख्या एनआइबिलभित्रका सेवाग्राहीको मात्रै हो। तर, देशभरका सेवाग्राहीको अरु कम्पनीहरुमा समेत गरी १ लाख ४० हजार खाता खुलिसकेको जानकारी सिडिएस एन्ड क्लियरिङ लिमिटेडका सिइओ गुप्ताले दिए।

गुप्ताका अनुसार नेप्सेमा कारोबार गर्न सूचीबद्ध १ सय ९२ कम्पनीका सबै सेयरलाई अभौतिकीकरण गर्ने क्रम तीब्र भइरहेको छ। यसक्रममा साउन १ गतेदेखि काठमाडौंमा सेयर निक्षेप खाता खोल्न सुरु भएको थियो। राजधानीबाहिर पहिलोपटक पोखरामा एनआइबिलले पोखराबाट यस्तो सेवा सुरु गरेको हो। 'अब सेयर प्रमाणपत्र लिएर नागरिकताको फोटोकपी र फोटोहरु लिएर आई सेयर निक्षेप खाता खोल्न सकिन्छ,' उनले भने।

गुप्ताका अनुसार पोखराका लगानीकर्ताले पनि अब सेयर किनबेचको प्रक्रिया पूरा गर्न महिनौं कुर्नुपर्ने दिनको अन्त्य भएको छ। 'पहिलापहिलो सेयर नामसारी हुनै अधिकतम ३/४ महिनासम्म पनि लाग्न सक्थ्यो,' उनले भने, 'अब ३/४ दिनमै हुन्छ र पैसा पनि ३/४ दिनमै पाइन्छ।'

आउँदो वर्षको असार भित्र ७५ जिल्लामा यो सेवा पुर्या्इने जानकारी नेप्सेका प्रमुख कार्यकारी अधिकृत तथा सिडिएसका अध्यक्ष सीताराम थपलियाले दिएका छन्। सेयर अभौतिकरण गरी अनलाइन कारोबारका लागि धितोपत्र बजारलेे सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड स्थापना गरिसकेको छ। नेपाल धितोपत्र बजारमा कारोबार हुने ९९ प्रतिशत कम्पनीहरुको सेयर अभौतिकीकरण भइसकेको छ।

पोखरा- धितोपत्रको निक्षेप सेवा पोखरामा पनि सुरु भएको छ। अनलाइन प्रणालीबाट हुने यो सेवा बुधबारदेखि एनआइबिएल क्यापिटलले सुरु गरेको हो। अबदेखि पोखराका सेयर लगानीकर्ताले पनि सेयर निक्षेप खाता खोल्न सक्नेछन्। - See more at: http://nagariknews.com/economy/share/story/52104.html#sthash.ycoNlAyM.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment