‘अधिकांश सहकारीले नियम पालन गरेका छैनन्’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

के के गल्ती भेटिए ?




सहकारी विभागले यो आर्थिक वर्षको सुरुको चार महिनामा गरेको अनुगमनमा अधिकांश सहकारीले नियम पालना नगरेको देखिएको छ। सहकारी विभागका सूचना अधिकारी बिष्णु प्रसाद घिमिरेका अनुसार गत कात्तिकसम्ममा विभागले ६३ वटा सहकारी अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांसले विभागको निर्देशन पालना नगरेको भेटिएको घिमिरे बताउँछन्।
 
अहिले देशमा झन्डै ३३ हजार ६ सय ६३ वटा सहकारी संस्था रहेका छन्। त्यसमध्ये ३ सय ४३ भने सहकारी सम्बद्ध संघहरु नै छन्। यसमा अहिले ५८ हजार भन्दा बढीले रोजगारी पाइरहेका छन्। तर सहकारी ऐन फितलो हुँदा यो क्षेत्रमा विकृति मौलाउँदै गएको छ। विभागले पनि यस्ता सहकारीलाई आवश्यक नियमन गरी कार्वाहिको दायरामा ल्याउन सकेको छैन। 
 
५ करोड रुपैयाँभन्दा माथि पुँजी भएका १ हजार र ५० करोड रुपैयाँभन्दा माथिका १ सय सहकारी रहेको सुचना अधिकारी घिमिरे बताउँछन्। ५ करोडभन्दा माथिको पुँजी भएका यस्ता सहकारीको नियमन विभाग आफैँले गर्छ भने अन्यको डिभिजन सहकारी कार्यालयले गर्छ। 
 
६३ वटा सहकारीको अनुगमन गर्दा विभागले कैयनमा कमजोरी र नियमपालना नगरेको भेटाएको छ। विभागले यो वर्ष २ सय ५ वटा सहकारी अनुगमन गर्ने लक्ष्य लिएको छ। तर तराई क्षेत्रको आन्दोलनले गर्दा त्यहाँका सहकारीहरु भने अनुगमन गर्न नसकेको घिमिरे बताउँछन्। विभागले अब भने सहकारीको आर्थिक अवस्थालाई केलाउन सिए नियुक्त गर्न खोजिरहेको छ। 
 
अनुगमनका क्रममा विभागले सहकारीले गैर सदस्यसंग कारोबार गरेको भेटाएको घिमिरेले बताए। सहकारीले कुल पुँजीको १० गुणासम्म बढी रकम संकलन गर्न सक्छन् तर अनुगमनमा १० गुणाभन्दा बढी निक्षेप संकलन गरेको पाएको छ। उनले भने ‘सञ्चालक समितिका ४९ भन्दा बढी सदस्यले एकैपटक कर्जा लिन पाउँदैनन् तर अनुगमनको क्रममा कैयनमा ४९ भन्दा बढीले एकैपटक कर्जा लिएको पाइएको छ। ’
 
कैयन सहकारी भने एकैघर व्यवस्थापन समुहमा रहेको देखिएको अधिकारीले जानकारी दिए। सहकारीले निजी कम्पनीमा लगानी गर्न नपाइने भएपनि नियम बिपरित गएर लगानी गरेको घिमिरे बताउँछन्। 
 
ढुकुटीको सुुरक्षा गर्न यसको बिमा गर्नुपर्ने हुन्छ। तर उक्त सहकारीहरुले आफ्नो ढुकुटीको बिमा नगरेको घिमिरे बताउँछन्। सहकारीले बिदेशी मुद्रा सकंलन गर्न पाउँदैनन् तर केहीले बिदेशी मुद्रापनि संकलन गरिरहेको विभागले भेटाएको छ। 
 
अघोषित नाकाबन्दीका कारण बजारमा लगानी हुन सकिरहेको छैन। बैंक तथा बित्तिय संस्थाको लगानी संस्थामै थुप्रिएको छ। सहकारीको लगानी पनि अहिले बढ्न सकेको छैन। तर सहकारीले भाका नाघेका ऋण असुल गर्न प्रयास नगरेको देखिएको छ। स्प्रेड दर ६ प्रतिशतभन्दा माथि हुनुुहुँदैन। तर अहिले सहकारीको स्प्रेड दर १० प्रतिशतसम्म पुगेको देखिएको छ। मुनाफा पनि पारदर्शी रुपमा वितरण नभएको घिमिरे बताउँछन्।  

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment