तलबको भिन्नताले महिलामा डिप्रेसन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



DEPRESSION
शैक्षिक योग्यता तथा कार्यअनुभव बराबरी हुनुको बाबजुत आफ्नो पुरुष सहकर्मीको भन्दा तलब भत्ता कम हुँदा कामकाजी महिलाहरु डिप्रेसनको सिकार हुने सम्भावना बढ्ने अध्ययनले देखाएको छ ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार कार्यक्षेत्र तथा अन्य क्षेत्रमा हुने संरचनागत लैंगिक विभेदले डिप्रेसन र निरासा उत्पन्न गराउने देखाएको छ ।
प्रमुख शोधकर्ता जोनाथन प्लाटका अनुसार निश्चित जागिरमा महिलालाई छनोट गर्ने सामाजिक प्रक्रियाहरुबाट महिलाले आफ्ना पुरुष सहकर्मीको तुलनामा कममार्फत लाभ प्राप्त गर्दछन् जसले लैंगिक विभेदको सिर्जना गर्छ र यसका भौतिक तथा मनोवैज्ञानिक असर हुन्छन् ।
शोधकर्ताहरुका अनुसार पुरुष सहकर्मीको तुलनामा कम तलब भत्ता पाउने महिलाहरुमा पुरुषको तुलनामा डिप्रेसनको दर अढाइ गुणा बढि भएको पाइयो । जबकी पुरुष सहकर्मीको बराबारी वा बढि तलब भत्ता पाउने महिलामा भने डिप्रेसनको दर आम पुरुषको भन्दा बढि थिएन ।
त्यस्तै पुरुष सहकर्मीको भन्दा कम तलबभत्ता हुने महिलामा निरासाको मनोवैज्ञानिक समस्या अर्थात् एनजाइटी डिसअर्डरको दर चार गुणा बढि पाइएको छ ।
शोधकर्ताहरुले सन् २००१ देखि २००२ सम्ममा ३० देखि ६५ वर्ष उमेरका २२ हजार ५८१ जना कामकाजी महिला तथा पुरुषमा अध्ययन गरी संकलन गरेको डाटालाई विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।
शोधकर्ता प्लाटका अनुसार यदि महिलाहरुले पुरुष सहकर्मीको तुलनामा कम तलबका कारण आफ्नो तल्ला स्तर भएको कुरालाई नकारातमक अनुभवको रुपमा ग्रहण गर्दछन् त्यसबाट उनीहरु डिप्रेसन तथा निरासाको समस्याको बढि जोखिममा पर्दछन् ।
यो सम्बन्धी शोध सोसल साइन्स एण्ड मेडिसिन जर्नलमा छापिएको छ । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment