सिलिण्डर युग समाप्त गरिदिन्छु, चुलाचुलामा पाइपबाट ग्यास पुर्‍याइदिन्छुः प्रधानमन्त्री

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरको चुला-चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् ।
भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला-चुलामा ग्यासको पाइप जोड्ने दाबी गरेका हुन् ।
शुक्रबार राजधानीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेज (युग) नै समाप्त गरिदिन्छु ।उनले अघि भने-घरघरमा, चुलाचुलामा पाइप पुर्‍याइदिन्छु । पिटिक्क खोल्दा सिलिण्डरबाट होइन, पाइपबाट आउँछ ग्यास ।
प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा हलमा रहेका एमाले कार्यकर्तालेे ताली बजाए र हाँसाको फोहोरा छुट्यो ।
ओलीले झन हौसिएर भने-ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नै भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।
उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले अब राजधानीमा भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउने बताए ।
उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत बताए ।
पञ्चायत नबुझेका पत्रकारले जथाभावी लेखे
प्रधानमन्त्री ओलीले राज्यको ढुकुटीको दुरुपयोग नगरेको दाबी गरे । लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका र जेलनेल भोगेका नेताहरुको उपचारका लागि आर्थिक सहायता दिएको भन्दै उनले पञ्चायतको बारेमा जानकारी नै नभएका पत्रकारले जथाभावी रुपमा सहायता वितरण गरिएको भनेर समाचार लेखेको बताए ।
कांग्रेसमा हुटहुटी
कांग्रेसका नेताहरुमा सरकारको नेतृत्व गर्ने हुटहुटी बढेको दाबी उनले गरे । तर, कांग्रेस नेताहरुको त्यो चाहना कुनै हालतमा पूरा नहुने उनले दाबी गरे ।
कांग्रेस नेताहरुले कुनै विरोध नै नगरी यो सरकारले सरक्क छोडेर गए हुन्थ्यो र नयाँ सरकारको नेतृत्व गरौंला भन्ने सोचिरहेका छन्ओलीले भने, ‘खेतमा रोपाईं गरिरहेको सरकारले आलीमा बसेर गफ गरी समय काट्नेको कुरा सुन्दैन ।
२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरको चुला-चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् ।
भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला-चुलामा ग्यासको पाइप जोड्ने दाबी गरेका हुन् ।
शुक्रबार राजधानीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेज (युग) नै समाप्त गरिदिन्छु ।’ उनले अघि भने-घरघरमा, चुलाचुलामा पाइप पुर्‍याइदिन्छु । पिटिक्क खोल्दा सिलिण्डरबाट होइन, पाइपबाट आउँछ ग्यास ।’
प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा हलमा रहेका एमाले कार्यकर्तालेे ताली बजाए र हाँसाको फोहोरा छुट्यो ।
ओलीले झन हौसिएर भने-ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नै भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’
उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले अब राजधानीमा भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउने बताए ।’
उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत बताए ।
पञ्चायत नबुझेका पत्रकारले जथाभावी लेखे
प्रधानमन्त्री ओलीले राज्यको ढुकुटीको दुरुपयोग नगरेको दाबी गरे । लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका र जेलनेल भोगेका नेताहरुको उपचारका लागि आर्थिक सहायता दिएको भन्दै उनले पञ्चायतको बारेमा जानकारी नै नभएका पत्रकारले जथाभावी रुपमा सहायता वितरण गरिएको भनेर समाचार लेखेको बताए ।
कांग्रेसमा हुटहुटी
कांग्रेसका नेताहरुमा सरकारको नेतृत्व गर्ने हुटहुटी बढेको दाबी उनले गरे । तर, कांग्रेस नेताहरुको त्यो चाहना कुनै हालतमा पूरा नहुने उनले दाबी गरे ।
‘कांग्रेस नेताहरुले कुनै विरोध नै नगरी यो सरकारले सरक्क छोडेर गए हुन्थ्यो र नयाँ सरकारको नेतृत्व गरौंला भन्ने सोचिरहेका छन्’ ओलीले भने, ‘खेतमा रोपाईं गरिरहेको सरकारले आलीमा बसेर गफ गरी समय काट्नेको कुरा सुन्दैन ।’
- See more at: http://www.onlinekhabar.com/2016/01/372550/#sthash.cWcEWvfL.gNF7KJ5y.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment