भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
पुस २४, २०७२- दार्चुला शुक्रबार दिउँसोदेखि मौसममा एक्कासी परिवर्तन आउँदा
जिल्लाका उच्च भेगहरुमा हिमपात भएको छ । जिल्लाका उच्च डाडाकाडाहरुमा
मंसिरमा नै हिमपात भए पनि शुक्रबार भने बस्तीसमेत हिउँ परेको प्रहरीले
जनाएको छ ।
अपि नगरपालिकासित जोडिएको खार गाविसको दल्लेकमा समेत
हिउँ जमेको दार्चुला प्रहरीले जनाएको छ । घुसा, खण्डेश्वरी, राप्ला,
सुन्सेरा, धौलाकोट, इयरकोट, सितोलालगायत जिल्लाका उत्तरी गाविसका उच्च
भेगहरुमा हिउँ जमेको दार्चुलाका प्रहरी प्रमुख सुशिलसिंह राठौरले बताए ।
सदरमुकाम खलंगामा दिउँसो चार बजेदेखि वर्षा भएको छ । शुक्रबार दिउँसोसम्म
बदलिँदो मौसम रहेकाले चिसो बढेको छ । मौसममा एक्कासी परिवर्तन आउँदा जनजीवन
प्रभावित भएको छ । जिल्लाका उत्तरी भेगमा बसोबास रहेको बस्तीहरुमा हिमपात
भईरहेको घुसाका स्थानीय कल्याणसिंह बोहोराले बताए ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
0 comments:
Post a Comment