माइक्रोसफ्टलाई संकटबाट उतार्ने सिइओ सत्य नादेलाको सफलताको कथा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Satya Nadella
सन् २०१४ को फेब्रुअरीमा सत्य नादेलाले माइक्रोसफ्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कुर्सी सम्हाल्दा कम्पनीको अवस्था गिर्दो थियो । माइक्रोसफ्टको विन्डोज ८ अपरेटिंग सिस्टम एउटा ठूलै विपत्ति निम्ताइरहेको थियो । कम्पनीका कर्मचारीहरु पनि को भन्दा को ठूलो भन्दै पर्दा पछाडि संघर्षमा व्यस्त थिए । र उसैगरी उपभोक्ता तथा डेभलपर्सहरुको विश्वास पनि गुमिरहेको थियो ।
तर समय बदलिएको छ । अहिले दुइ वर्षपछि सन् २०१६ लागिसक्दा माइक्रोसफ्टले सबैलाई सफ्टवेयर तथा सेवा प्रदान गर्ने कम्पनीको रुपमा आफ्नो लय फेरि समातिसकेको छ । अनि एकताकाका शंकालु लगानीकर्ताहरुले उतारचढावहरु वास्तविक रहेछन् भन्ने कुरा बुझिसकेका छन् ।
अझैपनि माइक्रोसफ्टले गर्नुपर्ने कुरा धेरै छन् । तर माइक्रोसफ्टको अहिलेको सफलतामा मुख्य हात रहेका यसका सिइओ सत्य नादेलाको जिवन तथा करिअरलाई फर्केर हेर्ने हो भने निकै रमाइलो छ । भारतमा जन्मेका माइक्रोसफ्टका सिइओ नादेलाको उदयको कथा यस्तो छः
· सत्य नादेलाको जन्म सन् १९६७ मा भारतको हैदरावादमा भएको हो । उनका बाबु सरकारी जागिरे थिए र उनकी आमा संस्कृत भाषाकी प्राध्यापक थिइन् ।
· सानैदेखि नादेला व्यवसायिक क्रिकेट खेलाडि बन्न चाहन्थे र विद्यालय पढ्दा क्रिकेट खेले पनि । तर पछि उनले बुझे की विज्ञान र प्रविधिको क्षेत्रमा उनको लगाव खेल क्षमता भन्दा बढि रहेछ ।
· नादेलाले मनिपाल इन्स्िटच्युट अफ टेक्नोलोजीबाट सन् १९८८ मा इलेक्टि्रकल इन्जिनियरिंगमा स्नातक डिग्री हासिल गरे । उनले एकताका भनेका थिए, मैले चिजहरु बनाउन चाहन्थे भन्ने कुरा मलाई सधै थाहा थियो ।
· तर उनले सोँचे अनुसारको विषय पढ्नका लागि भारतमा कम्प्युटर विज्ञान विषय थिएन । त्यसैले उनी अमेरिकाको विस्कन्सिन मिलोकी विश्वविद्यालयमा भर्ना हुन गए र त्यहाँबाट सन् १९९० मा ग्रयाजुएट गरे ।
· नादेलाले त्यसलगत्तै सिलिकन भ्यालीको चर्चित कम्प्युटर सर्भर कम्पनी सन माइक्रोसिस्टम्समा काम गर्न थाले ।
Satya-Nadella-2
सन् १९९२ मा नादेला माइक्रोसफ्ट कम्पनीसँग जोडिए । उक्त समयमा संस्थापक बिल गेट्स नै सिइओ थिए र विन्डोज अपरेटिंग सिस्टमले विश्वव्यापी श्रेष्ठताको दौड भर्खरै सुरु गरेको थियो ।
· माइक्रोसफ्टमा काम गर्ने जम्मा ३० जना भारतीय आप्रवासीमध्ये नादेला पनि एक थिए । माइक्रोसफ्टमा उनको पहिलो परियोजना माइक्रोसफ्टको दुर्भाग्यशाली इन्ट्रयाक्टिभ टिभी प्रडक्ट र विन्डोज एनटी अपरेटिंग सिस्टम थियो ।
· माइक्रोसफ्टमा जागिर सुरु गर्दाको पहिलो वर्ष नै नादेलाले आफ्ना सहकर्मी तथा हाकिमहरुलाई प्रभावित गर्न सफल भए । उनले सन् १९९७ मा युनिभर्सिटी अफ सिकागोबाट एमबीए पनि उत्तीर्ण गरे ।
· सन् १९९९ मा माइक्रोसफ्टले नादेलाको बढुवा गर्यो र पहिलोपटक उनलाई कार्यकारी भूमिका प्रदान गर्यो । उनी माइक्रोसफ्ट बी सेन्ट्रलको उपाध्यक्ष बनाइए । यो ममाइक्रोसफ्टको वेब सर्भिस थियो जसले साना व्यवसायीका लागि वेबसाइट तथा इमेल होस्टिंग गर्दथ्यो ।
· सन् २००० मा बिल गेट्सले छाडेपछि माइक्रोसफ्टमा स्टिभ बाल्मर सिइओ बने ।
· सन् २००१ मा सत्य नादेलाको फेरि महत्वपूर्ण बढुवा भयो । माइक्रोसफ्ट बिजनेस सोलुसन्सको कर्पोरेट उपाध्यक्षमा बढुवा भए उनी । यो विभाग विभिन्न अन्य कम्पनीहरुलाई खरीद गरिसकेपछि गाभेर बनाइएको थियो र यसले साना तथा मझौला व्यवसायहरुका लागि एकाउन्टिंग सफ्टवेयर बनाउँदथ्यो । साथै यसले सेल्सफोर्ससँग प्रतिस्पर्धा गर्दै क्लाउड बेस्ड सिआरएम पनि बनाइरहेको थियो । र यी सबै प्रडक्टहरुलाई डाइनामिक्स नाममा रिब्रान्डिंग गरिनेवाला थियो ।
· नादेलाको प्रगति उकालो लागिरह्यो । सन् २००७ मा उनी माइक्रोसफ्टको अनलाइन सर्भिसको वरिष्ठ उपाध्यक्ष बने । उनी बिंग सर्च इन्जिनका साथै माइक्रोसफ्ट अफिसको सुरुवाती अनलाइन भर्सन र एक्सबक्स लाइभ गेमिंग सर्भिसको प्रमुख बने ।
· सन् २०११ मा नादेलाको फेरि बढुवा भयो र उनी सर्भर एण्ड टुल्स डिभिजनको अध्यक्ष बनाइए । यो विभागले निकै महत्वपूर्ण तथा महत्वाकांक्षी परियोजनाहरु संचालन गरिरहेको थियो ।
· नादेलाले उक्त विभाग सम्हाल्दा त्यसको वाषिर्क आम्दानी १६ अर्ब ६० करोड डलर थियो । तर २ वर्षभित्रमै नादेलाले आम्दानी २० अर्ब ३० करोड डलरमा पूराइदिए ।
· तर त्यस समयमा माइक्रोसफ्टमाथि विभिन्न संकट आइलागेका थिए । पर्सनल कम्प्युटरको क्षेत्रमा विन्डोज ८ सबैभन्दा ठूलो विपद बनेको थियो । आइफोन तथा एन्ड्रोइड फोनले विन्डोज फोनलाई निकै तिव्र गतिमा पछि पारिरहेका थिए भने गुगल सर्च इन्जिनको दबदबामा बिंगले छेउसम्म पनि समाउन सकेको थिएन । यस्तोमा सिइओ बाल्मर निकै आलोचित बनिरहेका थिए ।
· सन् २०१३ को अगष्टमा सिइओ बाल्मरले आफुले राजिनामा दिने घोषणा गरे । त्यसपछि माइक्रोसफ्टमा नयाँ सिइओको खोजी भयो । नयाँ सिइओ छनोट समितिमा बाल्मर र बिल गेट्स थिए ।
· धेरै अफवाह र अनुमानका बीच सन् २०१४ को फेब्रुअरीमा माइक्रोसफ्टले सत्य नादेलालाई नयाँ सिइओ घोषणा गर्यो ।
· संकटमा रहेको कम्पनीलाई उकास्नका लागि अभिप्रेरित गर्न माइक्रोसफटको बोर्डले पहिलो वर्षका लागि ८ करोड ४० लाख डलरको क्षतिपूर्ति प्याकेज पनि घोषणा गर्यो ।
· पहिलोपटक सिइओको कुर्सी सम्हालेसँगै नादेलाले माइक्रोसफ्टका सबै कर्मचारीलाई एउटा इमेल पठाए । जसमा लेखिएको थियोः म ४६ वर्षको भएँ । मैले २२ वर्षअघि बिहे गरेको हुँ र ३ जना बच्चा छन् । र अरु सबैको जस्तै मैले जे गर्छु र जे सोँच्छु त्यसमा धेरै भूमिका मेरो परिवार तथा समग्र जिवनको अनुभवले खेल्दछ । मलाई चिन्ने धेरैले भन्छन् की म आफ्नो उत्सुकता तथा जान्ने तिर्खाबाट परिभाषित छु । मैले आफुले पढ्न भ्याउने भन्दा बढि किताब किन्छु । मैले भ्याउने भन्दा बढि अनलाइन कोर्समा साइन अप गर्छु । मेरो आधारभुत विश्वास के छ भने यदि तपाइँले नयाँ चिज सिकिरहनुभएकेा छैन भने तपाइँले महान तथा उपयोगी चिज गर्न सक्नुहुन्न । त्यसैले परिवार, उत्सुकता तथा ज्ञानको भोक सबैले मलाई परिभाषित गरिरहेका छन् ।
· नादेलाले सिइओ बनेको छोटो समयमै कम्पनीमा केही ठूला परिवर्तन गरेर कर्मचारीको मन जिते । अनि गुमेका उपभोक्ता फर्काउन तथा कम्पनीलाई लयमा फर्काउने कोसिस गरे ।
· नादेलाले कुनैबेला सोँच्न पनि नसकिने मानिएको प्रतिस्पर्धी लिनक्स अपरेटिंग सिस्टमलाई माइक्रोसफ्ट एजर क्लाउडमा आबद्ध गरे ।
· एप्पलको आइप्याडका लागि माइक्रोसफ्ट अफिस ल्याए ।
· चर्चित गेम मिनिक्राफ्ट निर्माण गर्ने मोजांग स्टुडियो खरीदमा अढाइ अर्ब खर्चिर्ए ।
· माइक्रोसफ्ट आउटलुक जस्तो फस्टक्लास आइफोन तथा एन्ड्रोइड एप्सहरु ल्याए ।
· विन्डोज ९ मा नगैकन निकै उत्कृष्ट तथा नयाँ सोँच सहितको विन्डोज १० सार्वजनिक गरियो ।
· कम्पनीको पहिलो ल्यापटक माइक्रोसफ्ट सर्फेसबुक सार्वजनिक गरियो ।
· कम्पनीको पहिलो होलोग्राफिक चस्मा माइक्रोसफ्ट होलोलेन्सको निर्माण गरियो ।
· नादेलाको दर्शन यस्तो छ की उनी माइक्रोसफ्ट सफ्टवेयर तथा सर्भिसहरु सबै उपभोक्तासम्म पुग्न सकून् चाहे उनीहरु विन्डोज प्रयोग कर्ता बाहेकका किन नहोउन् । यसका लागि उनीले अन्यसँग सहकार्य गर्नुपर्छ भन्ने मान्यता राख्छन् । त्यसको पहिलो प्रयास स्वरुप उनले क्वालकोमका पूर्व कार्यकारी पेग्गी जोन्सनलाई माइक्रोसफ्टमा भित्राए । अहिले उनी कम्पनीको बिजनेस डेभलपमेन्ट विभागकी उपाध्यक्ष छिन् र अन्य कम्पनीसँग सहकार्य गर्ने जिम्म ाउनको छ ।
· सन् २०१५ मा आफ्नो सबैभन्दा मनपर्ने माइक्रोसफ्ट एप देखाउनका लागि एक कार्यक्रममा नादेलाले स्टेजमै आइफोन प्रदर्शन गरे ।
· नादेला व्इस्त छन् र लगानीकर्ताहरुले यो मन पराएका छन् । जसका कारण नै होला सन् २०१४ मा माइक्रोसफ्टको शेयर १४ प्रतिशतले तथा २०१५ मा २१ प्रतिशतले बढ्यो ।
· नादेलाका सामुन्ने अहिलेपनि चुनौतिहरु कम छैनन् । स्मार्टफोन बजारमा माइक्रोसफ्टले अझैपनि संघर्ष गरिरहनुपरेको छ । पर्सनल कम्प्युटरको बिक्रिमा आएको गिरावटले विन्डोज १० को लक्ष्यमा बाधा उत्पन्न गरिरहेको छ । एक्सबक्स वन भिडियो गेमले सोनीको प्लेस्टेसन फोर सँग जुध्नु परिरहेको छ ।
तर लामो समयपछि पहिलोपटक माइक्रोसफ्टका लागि धेरै विषयहरु सकारात्मक देखा परेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment