'मुन्द्रे' बने नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । निगमले सोमबार आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । एक कार्यक्रमकाबीच पर्यटनमन्त्री आनन्द पोख्रेलले मुन्द्रेलाई निगमको नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै जितु वायु सेवा निगमको प्रचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारको तर्फबाट अहिलेसम्मकै ठूलो जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै जितुले निगमले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल वायु सेवा निगमलाई यसअघि निकै व्यंग्य गरिएको सम्झना गर्दै मुन्द्रेले अब भने राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गर्न सबैलाई सिफारिस गर्ने संकल्प पनि सो अवसरमा गरे ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment