कुन देशका मानिसमा कति छ खुसीको वंशाणु ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

happy
भनिन्छ खुसी भन्ने कुरा मानिसको जिनमै हुन्छ । अर्थात् कोही मानिस स्वभाबैले बेखुस हुन्छन् र जतिठूलो उपलब्धी प्राप्त गरेपछि खुसी हुन तथा हाँस्न सक्दैनन् । यो कुरा केवल कहावत मात्र होइन, वैज्ञानिक तथ्यमा आधारित छ । वैज्ञानिकहरुका अनुसार मानिसलाई खुसी बनाउमा एउटा जिन अर्थात् वंशाणुको हात हुन्छ । डिएनएको उक्त जिनलाई एफएएएच जिन भनिन्छ । जुन देशका मानिसको डिएनएमा यो जिन बढि हुन्छ, त्यो देशका मानिसहरु तुलनात्मक रुपमा बढि खुसी भएको पाइएको छ ।
एफएएएस जिन यस्तो जिन हो जसले आनन्द तथा पीडाको अनुभुति गराउने प्रोटिनको उत्पादनमा प्रभाव पार्दछ । त्यसैले यो जिन भएका मानिसहरु बढि खुसी तथा सुखी आत्मा भएका हुन्छन् । यद्यपि स्वास्थ्य तथा धनसम्पत्तिले पनि मानिसको खुसीमा प्रभाव पार्ने गरेको छ ।
शोधकर्ताहरुका अनुसार सरीरमा यो जिनको मात्रा धेरै भएका कतिपय गरीब देशका मानिसहरु समेत सबैभन्दा खुसी जनताको रुपमा दरिएका छन् ।
बुल्गेरिया र हंगकंगका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययन अनुसार एफएएएच जिनको मात्रा बढि भएका जनता रहेका देशहरु विश्वमा सबैभन्दा खुसी देशको रुपमा रहेका छन् ।
यसको प्रमाणको रुपमा स्विडेन रहेको छ । स्विडेन विश्वको सबैभन्दा खुसी देश हो र स्विडिसहरुको डिएनएमा उक्त ह्याप्पी जिन रहेको छ ।
२६.३ प्रतिशत स्विडिसमा उक्त ह्याप्पी जिन रहेको छ भने २३ प्रतिशत बेलायती, २१ प्रतिशत फ्रेन्च र २० प्रतिशत जर्मनमा ह्याप्पी जिन रहेको छ ।
तर दक्षिणी युरोपमा भने यो खुसी तुल्याउने जिन कम भेटिएको छ । केवल १२ प्रतिशत इटालियनमा मात्र ह्याप्पी जिन रहेको छ ।
युरोपमा मात्र होइन घाना तथा नाइजेरिया जस्ता अफ्रिकी देश अनि मेक्सिको र कोलम्बिया जस्ता देशका जनतामा पनि यो खुसी जिन उच्च मात्रामा पाइएको छ ।
तर हंगकंग, चीन, जोर्डन, इराक जस्ता देशका जनतामा भने यो खुसी वंशाणु सबैभन्दा कम पाइएको छ ।
शोधकर्ताहरुका अनुसार रुसी तथा इस्टोनियालीहरुमा यो खुसी वंशाणु उच्च मात्रामा पाइएपनि उनीहरुको खुसी सूचकांक कम रहेको छ । यसको कारणहरुमा आर्थिक, सामाजिक तथा वातावरणीय पक्षहरु रहेको शोधकर्ताले बताएका छन् । – एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment