उर्जामन्त्री रायमाझी भन्छन्- प्रधानमन्त्री ओलीले जनतालाई झुटो आश्वासन बाँडे, एक बर्षमा लोडसेडिङ हट्दैन्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 
काठमाडौँ, २५ पुसप्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली निकाल्ने भाषण ठोके । यति मात्रै होइन् उनले एक वर्ष भित्रमा लोडसेडिङ अन्त्य गर्ने घोषणा पनि गरेका छन् । साथै उनले शुक्रबार मात्रै अर्को आश्वासन पनि दिए, त्यो हो उनले सिलिन्डर युग समाप्त गरिदिने र घरघरमा ग्यासको पाइपलाइन जोडिदिने ।

यो कहाँसम्म संम्भव छ, त्यो त अर्को पाटो होला । तर यतिबेला यति धेरै देशमा कसैको चर्चा भएको छ त त्यी हुन प्रधानमन्त्री ओली नै । मुलुक लोडसेडिङको चपेटामा छ । यस्तो बेला प्रधानमन्त्री ओलीको लोडसेडिङ् अन्त्य गर्ने भनाई नै गलत भएको उपप्रधान एव उर्जा मन्त्री टोपबहादुर रायमाझी बताउँछन् । प्रधानमन्त्री ओलीले भनेजस्तो उनलाई एक बर्षभित्रमा लोसेडिङ मुक्त हुन्छ भन्ने विश्वास छैन्। किनभने उनी उर्जामन्त्री पनि हुन् । उनले उर्जाको सबै कुरा बुझेका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री रायमाझीले भने, ‘१०६ बर्षमा पाँच सय मेगावटा निस्कियो, अब एक बर्षमा कहाँबाट ल्याउने सात सय मेगावाट विजुली ? ’ प्रधानमन्त्री ओलीले जनतालाई आश्वासन बाँड्नको लागि हतारो गरेको रायमाझीको बुझाइ छ । उनी भन्छन- एक बर्षमा लोडसेडिङ हट्दैन मैले झुट्टो बोल्नु हुँदैन, एक बर्षमा लोडसेडिङ हटाउने महशुस मात्र गराउन सकिन्छ हटाउन सकिदैन ।
उर्जामन्त्री स्वयंमले नै एकवर्ष भित्रमा लोडसेडिङ हटाउन सकिँदैन् भन्छन् भने प्रधानमन्त्रीको कुरा कसरी पत्याउनु ? कि प्रधानमन्त्री ओलीले ठुलै चमत्कार गरे मात्रै ।
काठमाडौँ, २५ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली निकाल्ने भाषण ठोके । यति मात्रै होइन् उनले एक वर्ष भित्रमा लोडसेडिङ अन्त्य गर्ने घोषणा पनि गरेका छन् । साथै उनले शुक्रबार मात्रै अर्को आश्वासन पनि दिए, त्यो हो उनले सिलिन्डर युग समाप्त गरिदिने र घरघरमा ग्यासको पाइपलाइन जोडिदिने ।

यो कहाँसम्म संम्भव छ, त्यो त अर्को पाटो होला । तर यतिबेला यति धेरै देशमा कसैको चर्चा भएको छ त त्यी हुन प्रधानमन्त्री ओली नै । मुलुक लोडसेडिङको चपेटामा छ । यस्तो बेला प्रधानमन्त्री ओलीको लोडसेडिङ् अन्त्य गर्ने भनाई नै गलत भएको उपप्रधान एव उर्जा मन्त्री टोपबहादुर रायमाझी बताउँछन् । प्रधानमन्त्री ओलीले भनेजस्तो उनलाई एक बर्षभित्रमा लोसेडिङ मुक्त हुन्छ भन्ने विश्वास छैन्। किनभने उनी उर्जामन्त्री पनि हुन् । उनले उर्जाको सबै कुरा बुझेका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री रायमाझीले भने, ‘१०६ बर्षमा पाँच सय मेगावटा निस्कियो, अब एक बर्षमा कहाँबाट ल्याउने सात सय मेगावाट विजुली ? ’ प्रधानमन्त्री ओलीले जनतालाई आश्वासन बाँड्नको लागि हतारो गरेको रायमाझीको बुझाइ छ । उनी भन्छन- एक बर्षमा लोडसेडिङ हट्दैन मैले झुट्टो बोल्नु हुँदैन, एक बर्षमा लोडसेडिङ हटाउने महशुस मात्र गराउन सकिन्छ हटाउन सकिदैन ।
उर्जामन्त्री स्वयंमले नै एकवर्ष भित्रमा लोडसेडिङ हटाउन सकिँदैन् भन्छन् भने प्रधानमन्त्रीको कुरा कसरी पत्याउनु ? कि प्रधानमन्त्री ओलीले ठुलै चमत्कार गरे मात्रै ।

- See more at: http://dcnepal.com/news/news.php?nid=186423#sthash.egRHruqf.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment