उपत्यकासहित देशको पूर्वी भेगमा चिसो बढ्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२५ पुस, काठमाडौं । शनिबार काठमाडौं उपत्यकासहित देशका पूर्वी भेगमा बढी चिसो महसुस गरिएको छ ।
केही दिनयता उपत्यकामा तापक्रम बढ्नुका साथै न्यानोपन महसुस गरिएपनि आज न्यूनतम तापक्रम केही घटेपछि उपत्यकामा बढी चिसो भएको छ । अघिल्लो दिनको तुलनामा आज उपत्यकामा बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार अधिकतम १९.४ तथा न्यूनतम तापक्रम ४.५ रहेपनि शनिबार न्यूनतम ३.५ र अधिकतम १७ डिग्री सेल्सियसमा झरेको  छ ।
मौसममा देखिएको खराबीका कारण तुलनात्मक रुपमा तापक्रम घटेकाले बढी चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिए । उनका अनुसार उच्च वायुमण्डलीय न्यूनचाप पूर्वतर्फ सर्दै गएको र आइतबारदेखि मौसममा क्रमशः सुधार आउनेछ ।
मौसमविद् पोखरेलले जाडो मौसम भएकाले चिसो सामान्य भए पनि एक्कासि न्यूनतम तापक्रम नघट्ने र केही दिनपछि मौसम सामान्य अवस्थामा पुग्ने बताए  रासस

- See more at: http://www.onlinekhabar.com/2016/01/372943/#sthash.ysYYPfA3.0DK2ovIP.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment