मधेसी मोर्चाले भन्यो-संशोधन प्रस्ताव हात्तीको देखाउने दाँतमात्रै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दलका तर्फबाट अगाडि बढाइएको संविधान संशोधन प्रस्तावले आफूहरुको माग सम्बोधन गर्न नसक्ने दोहोर्‍याएका छन्। शनिबार ढिलो गरी सुरू भएको संसद बैठकमा बिरोध गर्दै तीन दलले ल्याएको संशोधन प्रस्ताव हात्तीको देखाउने दाँतमात्रै भएको आरोप लगाए।
तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले प्रमुख तीन राजनीतिक दलसंग भएको वार्ता सार्थक निष्कर्षमा पुग्न नसकेको भन्दै पछिल्लो दिनमा मोरङको रङ्गेलीको घटनाले आफूहरुलाई सशङ्कित बनाएको बताए।
तराई मधेसको आन्दोलनलाई बदनाम गराउन खोजिएको भन्दै उनले सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल सम्बद्ध सांसदहरुले नाराबाजी गर्ने बताएका हुन्।
 उनीहरूले व्यवस्थापिका–संसद्को बैठकमा रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।
यस्तै, सङ्घीय सद्भावना पार्टीकी सांसद डिम्पलकुमारी झाले पनि संविधान संशोधन प्रक्रियामा आफ्नो असहमति भएको बताइन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment