अमेरिकी इतिहासकै ठूलो चिठ्ठा शनिबार खुल्दै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


 अमेरिकी इतिहासकै सबैभन्दा ठूलो रकम ८० करोड डलरको पावरबल चिठ्ठा शनिबार खुल्ने भएको छ। अहिलेसम्मकै सबैभन्दा ठूलो रकम भएका कारण चिठ्ठा किन्न आम अमेरिकीहरू यतिखेर ओइरिएका छन्।
गत बुधबार पाँचसय सय मिलियन (५० करोड) डलर पुरस्कार हुँदानै यो चिठ्ठा हात पर्ने विश्वासमा मानिसहरु किन्नका लागि स्टोरहरुमा लाइन लागेका थिए। तर कसैले पनि जित्न सकेनन्। त्यस रात कसैले पनि नजितेपछि रकम बढेर ७० करोड डलर पुगेकोमा शुक्रबार बिहानै ८० करोड डलर पुगेको छ। शनिबार राति कसैले यति ठूलो रकम जित्ने अपेक्षा गरिएको छ।
‘म यो रकम जितेभने आधा जति आफ्नो लागि राखेर बाँकी सबै चर्चलाई सहयोग गर्छु' विहीबार चिठ्ठा किन्दै गरेका एक अमेरिकी वृद्धले यस संवाददातासँग भने। ६५ वर्ष पुगिसकेका ती वृद्ध अमेरिकी लामो समयदेखि हप्तामा दुईपटक पावरबल र मेगामिलियनको चिठ्ठा किन्दै आएका छन्।
अमेरिकाको बिभिन्न राज्यहरुमा सरकारले सञ्चालन गर्ने छुट्टाछुट्टै चिठ्ठाहरु भएपनि पावरबल र मेगामिलियन भने केन्द्र सरकार मातहतको निकाय ‘लोटरी कमिसन'ले सञ्चालन गर्छ। यस्ता चिठ्ठाहरु हप्तामा दुईपटक खुल्ने भएपनि कसैलाई नपरेपछि पुरस्कारको रकम समेत बढ्दैजान्छ। यसरी चिठ्ठाको रकम बढ्दै जाँदा ठूलो रकम पुरस्कार भएपछि चिठ्ठा किन्नेहरुको भीड बढ्छ।
अमेरिकाको ५० राज्यमध्य ४४ वटामा पावरबल चिठ्ठा सञ्चालनमा छ। यसअघि पावरबल चिठ्ठाको सबैभन्दा ठूलो रकम सन् २०१३ को मे १८ मा खुल्दा फ्लोरिडाका एक ८४ बर्षिय वृद्ध ग्लोरिया मेकेन्जीले ३८ करोड ८ लाख डलर जितेका थिए।
शनिबार खुल्ने ८० करोड डलरको पावरबल चिठ्ठाको ‘ज्याकपट' एकै व्यक्तिलाई परेको खण्डमा त्यसमा लाग्ने कर कटाएर अनुमानित ५० करोड डलर हातमा पर्छ। त्यसमा पनि एकै पटक ठूलो रकम लिने कि किस्तावन्दीमा लिने भनेर विजेतलाई सोधिन्छ। एकैपटक ठूलो रकम लिँदा जितेको रकमको सबै पाइदैन। किस्तावन्दीमा लिँदा सबै रकम हातपर्छ।
चिठ्ठाको रकम बढ्दै गएपछि नेपालीलाई पनि किन्न चासो बढेको छ। ‘यो चिठ्ठा मलाई परेको खण्डमा ५० मिलियन आफूसँग राखेर बाँकी रकम नेपाल सरकारलाई दान दिन्छु' क्यालिफोर्नियाको सन्नीभेलमा बस्दै आएका इश्वर सापकोटाले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन्। उनको पुख्यौली घर नेपालको काभ्रेपलाञ्चोक हो। उनले वर्तमान सरकार फेरिएर भ्रष्ट्राचारमुक्त र चुस्त दुरुस्त सरकार हुनुपर्ने शर्त राखेका छन्।
नेपाली समुदायका व्यक्तिहरुले पनि छिटपुट रुपमा चिठ्ठा जित्नै आएका छन्। सानोतिनो रकम जितेपनि सबैभन्दा ठूलो रकम जित्ने नेपाली सानफ्रान्सिस्कोमा बस्दै आएका महेन्द्र केसी हुन्। उनले सन् २०१४ को मे महिनामा १९ लाख ६२ हजार डलरको मेगामिलियन जितेका थिए। उनी सानफ्रान्सिस्कोमा ट्याक्सी चलाउँछन्।
यसैगरि गत वर्ष फेब्रुअरीमा नर्थटेक्सासमा नेपालीले सञ्चालन गरेको एक स्टोरबाट बेचिएको पावरबल चिठ्ठा परेपछि उक्त स्टोरले पनि १० लाख डलर (१० करोड रुपैयाँ) जितेको थियो। स्टोरबाट बिक्री भएको पावरबल ज्याकपट चारजनाले पाएपछि स्टोरले १० लाख डलर पाएको हो।
नेपालीद्वय चन्द्र शिवाकोटी र कुमार शिवाकोटीले चलाएको एप्पल ट्री फूडमार्टले उक्त रकम प्राप्त गरेको थियो। पावरबल चिठ्ठा पहिलो पटक सन् १९८८ मा अमेरिकामा सुरु भएको हो।  त्यतिखेर यसलाई लोट्टो अमेरिकाको नामले चिनिन्थ्यो। सन् १९९२ नाम फेरेर पावरबल बनाइको हो।
सरकारलेनै चलाउने यस्तो चिठ्ठा अष्ट्रेलिया, बेलायत लगायत धेरै विकसित देशमा चलेका छन्। यसबाट उठेको रकम सरकारले आफ्ना नागरिकको शिक्षा, स्वास्थ लगायतका क्षेत्रहरुमा खर्च गर्छ।
‘पावरबलमा ८० करोड डलर पुगेपछि गाउँगाउँबाट समेत मानिसहरु आएर ठूलो रकमको चिठ्ठा कुन हो? कति डलर तिर्नुपर्छ भन्दै सोधिखोजी गरेर किनिरहेका छन्' मध्य अमेरिकी राज्य जर्जियाको रकमार्टस्थित हाइटेक स्टोरका मेनेजर नारायण बोहराले भने। गाउँमा भन्दा पनि अमेरिकी शहरहरुमा यस्तो चिठ्ठा किन्नेको लाइनै देखिन थालेको उनले बताए।
एउटा पावरबल चिठ्ठाको किन्न दुई डलर तिर्नुपर्छ। ‘पावरप्ले' सहित किन्ने हो भने थप एक डलर लाग्छ। मेगामिलियनको एक डलर र मेगाप्ले सहितको लागि थप एक डलर तिर्नुपर्छ।
शनिबार खोलिने पावरबल रकम अझै बढ्नसक्ने अनुमान व्यापारीहरुले गरेका छन्। ‘विगतमा पनि पुरस्कार रकम बढ्दै गएको उदाहरण छन्, विहीबारसम्म ७० करोड रहेकोमा शुक्रबार १० करोड बढेको छ,' बोहराले भने।
शनिबार अमेरिकाकाे पूर्बीय समय अनुसार राति ९ बजेसम्म बिक्री भएका टिकटलाइमात्र चिठ्ठा खाेल्दा समावेश गर्न सकिने लाेटरी कमिसनले जनाएकाे छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment