रमेश शिलवालको नेतृत्वमा क्रिकेट संघको तदर्थ समिति गठन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



 Ramesh-silwal
२४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले रमेश शिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
विवादका बीच सम्पन्न भएको क्यानको साधारणसभालाई मान्यता नदिएको राखेपले शुक्रबार तदर्थ समिथि बनाएको हो । तदर्थ समितिको महासचिवमा पवन अग्रवाल छन्
अध्यक्ष बनेका शिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष एवं गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन् ।
राखेपले यसअघि २०७१ कात्तिक २० गते विनयराज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउँदा पनि शिलवाल महासचिव थिए । तर, सर्वोच्च अदालतले मान्यता नदिएपछि यो समिति सक्रिय नै हुन पाएन ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment