मुर्दाको गाउँ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मुर्दाको गाउँ
इटालीको सिसली क्षेत्रमा क्यापुचिन काटाकम्ब्स् भन्ने ठाउँ छ, जसलाई भुताहा गाउँसमेत भनिन्छ। यो यस्तो गाउँ हो जसमा 'डेड बडी'ले बसोबास गर्छन्। गाउँमा १६औँ शताब्दीतिरका करिब ८ हजार मृत मानिसका ममी राखिएका छन् । ममी राखिएको भुताहा गाउँ भन्दै त्यहाँ कुनै पनि जीवित मानिस डरले बस्दैन। 
'यो गाउँ पुग्ने बाटो पनि उस्तै डरलाग्दो छ । साँघुरो अँध्यारो गल्ली हुँदै गाउँको मध्य भागसम्म पुग्नुपर्छ । बाटोभरि मृत मानिसका ममी झुन्ड्याइएका हुन्छन्, जसले कमजोर मन भएकालाई ठाउँको ठाउँ बेहोश बनाउन सक्छ, समाचारमा भनिएको छ ।

ममीहरूलाई राख्नकै लागि गाउँमा कब्रस्थान बनाइएपछि गाउँका मानिस अन्यत्र सरेका हुन् । गाउँमा महिला, पुरुष, बच्चा, किशोर, शिक्षक, डाक्टर, सैनिक आदिका ममी राख्न छुट्टाछुट्टै ठाउँ छुट्याइएको छ । एकजना क्याथोलिक सन्तको ममीलाई राख्न स्थापना गरिएको सो कब्रस्थानमा पछि अन्य मानिसका ममीसमेत राख्न थालिएपछि यो मुर्दाको गाउँका रूपमा विकास भएको हो । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment