भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
१ माघ, झापा । झापाको कन्काई नदीमा लागेको रमाइलोमाई मेलामा सम्झौता भन्दा बढी सवारी पार्किङ शुल्क उठाइएको छ ।
मेलामा पुगेका सवारीसँग आयोजक समितिले कन्काई नगरपालिकासँग गरेको सम्झौता भन्दा बढी पार्किङ शुल्क उठाएको हो ।
एउटा मोटरसाइकल पार्किङका लागि १ सय रुपैयाँ तोक्ने सम्झौता भएकोमा आयोजकले १ सय ५० रुपैयाँ उठाइरहेको छ ।
तीर्थालु भक्तजन र सवारी साधनको चापलाई ध्यानमा राखेर व्यवस्थित पार्किङको व्यवस्था मिलाइएको आयोजक समितिका अध्यक्ष अर्पण राईले जानकारी दिए ।
प्रत्येक वर्षको मकर संक्रान्तिका दिन झापाको कन्काई नदीमा लाग्दै आएको रमाइलोमाई मेला यो वर्ष पनि लागिरहेको छ । पुस २८ गतेबाटै सुरु भएको मेला माघ ३ गतेसम्म चल्नेछ ।
कन्काई माइको पूर्वी किनारमा लागेको मेलामा नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजनहरु आएका छन् ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment