उपचार गर्न छोडेर डाक्टर र नर्स निदाएपछि विरामीको मृत्यु, नारायणी अस्पतालमा तनाव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नारायणी उपक्षेत्रीय अस्पतालमा डाक्टरको लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको छ ।

मधुमेहको उपचारका लागि अस्पतालमा भर्ना भएका वीरगन्ज१९ नगवाका ६३ वर्षीय वीरबहादुर कुर्मीको चिकित्सक र स्वास्थ्यकर्मीको हेलचेक्रयाइँका कारण बिहीबार राति मृत्यु भएको हो ।

कुर्मी उपचारका लागि गत शनिवार अस्पतालमा भर्ना भएका थिए । डाक्टर मनोज गुप्ताले कुर्मीको शरिरमा रगत चढाउन भनेपछि कुर्मीका आफन्तले वीरगन्ज रक्तसन्चार केन्द्रबाट बिहाबार अपरान्ह चार बजे नै एक पोका रगत ल्याइसकेका थिए ।  सन्ध्याकालीन सिफ्टमा अस्पतालको सर्जिकल वार्डमा सिएमए रामेश्वर प्रसाद कुर्मी र स्टाफ नर्स दिवा देवकोटा ड्युटीमा थिए ।

रगत ल्याइसकेको जानकारी सर्जिकल वार्डका स्वास्थ्यकर्मीलाई गराएपनि उनीहरुले चासो नदेखाएको कुर्मीका छोरा कन्हैया पटेलले बताए । साह र देवकोटाको ड्युटी सकिएपछि सर्जिकल वार्डमा रात्रिकालीन सिफ्टमा खटिएका स्टाफ नर्सद्वय विद्या खड्गी र मनिषा पाण्डेले पनि वास्ता नगरेको पटेलले बताए । राति आठ बजे रगत चढउने भनेका थिए’, मृतक कुर्मीकी पत्नी चन्दादेवीले भनिन्, ‘तर रगत ल्याएपछि न त डाक्टर आए, न नर्स नै आए । अकालमा मेरो लोग्नेको ज्यान गयो ।

राति ९ बजे तिर दुवै नर्स क्याबिनमा सुतीरहेका थिए । मैले बुबालाई रगत चढाइ दिन भने, तर उनीहरुले हाम्रो निद्रा नबिगार भन्दै झपारेर पठाइदिए’, मृतक कुर्मीका छोरा पटेलले भने, ‘रगत लिएर आएदेखि डाक्टर पनि आएनन्, नर्स पनि आएनन् ।बिहीबार मध्यरातमा अचानक बिरामी छट्पटिएपछि क्याबिनमा रहेका नर्सलाई जानकारी गराउँदा आफूलाइ पनि उनीहरुले झपारेर पठाइदिएको चन्दा देवीले बताइन् ।

उनले भनिन्, ‘बेडमा आएर हेर्दा श्रीमानको प्राण गइसकेको रहेछ । डाक्सर नर्सकै लापरवाहीका कारण पतिको मृत्यु भएको हो ।कुर्मीको उपचारमा संलग्न डाक्टर मनोज गुप्ताले भने ड्युटीमा रहेका स्टाफबाट लापरवाही भएको बताए ।  

अस्पतालका सहायक मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० डाक्टर एनामुल हकले पनि स्वास्थ्यकर्मीकै लापरवाहीका कारण कुर्मीको मृत्यु भएको स्वीकारेका छन् । शुक्रबार बिहान अस्पतालमा भेटिएका डाक्टर हकले भने, ‘अस्पतालको गल्ती भएको रहेछ ।

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण कुर्मीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र छिमेकीले शुक्रबार बिहान अस्पतालका मेसु डाक्टर रामपरीक्षण यादवलाई उनकै कार्यकक्षमा घेराउ गरेका थिए ।

उनीहरुले मृतक कुर्मीका परिवारलाइ उचित क्षतिपूर्ति उपलब्ध गराउन माग पनि गरेका थिए । अस्पतालका मेसु डाक्टर यादवले कुर्मीको मृत्युको घटनाबारे छानविन गरेर दोषी कर्मचारीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आफन्त र छिमेकीले कुर्मीको शव बुझेर लगेका छन्
नारायणी उपक्षेत्रीय अस्पतालमा डाक्टरको लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको छ ।

मधुमेहको उपचारका लागि अस्पतालमा भर्ना भएका वीरगन्ज–१९ नगवाका ६३ वर्षीय वीरबहादुर कुर्मीको चिकित्सक र स्वास्थ्यकर्मीको हेलचेक्रयाइँका कारण बिहीबार राति मृत्यु भएको हो ।

कुर्मी उपचारका लागि गत शनिवार अस्पतालमा भर्ना भएका थिए । डाक्टर मनोज गुप्ताले कुर्मीको शरिरमा रगत चढाउन भनेपछि कुर्मीका आफन्तले वीरगन्ज रक्तसन्चार केन्द्रबाट बिहाबार अपरान्ह चार बजे नै एक पोका रगत ल्याइसकेका थिए ।  सन्ध्याकालीन सिफ्टमा अस्पतालको सर्जिकल वार्डमा सिएमए रामेश्वर प्रसाद कुर्मी र स्टाफ नर्स दिवा देवकोटा ड्युटीमा थिए ।

रगत ल्याइसकेको जानकारी सर्जिकल वार्डका स्वास्थ्यकर्मीलाई गराएपनि उनीहरुले चासो नदेखाएको कुर्मीका छोरा कन्हैया पटेलले बताए । साह र देवकोटाको ड्युटी सकिएपछि सर्जिकल वार्डमा रात्रिकालीन सिफ्टमा खटिएका स्टाफ नर्सद्वय विद्या खड्गी र मनिषा पाण्डेले पनि वास्ता नगरेको पटेलले बताए । ‘राति आठ बजे रगत चढउने भनेका थिए’, मृतक कुर्मीकी पत्नी चन्दादेवीले भनिन्, ‘तर रगत ल्याएपछि न त डाक्टर आए, न नर्स नै आए । अकालमा मेरो लोग्नेको ज्यान गयो ।’

‘राति ९ बजे तिर दुवै नर्स क्याबिनमा सुतीरहेका थिए । मैले बुबालाई रगत चढाइ दिन भने, तर उनीहरुले हाम्रो निद्रा नबिगार भन्दै झपारेर पठाइदिए’, मृतक कुर्मीका छोरा पटेलले भने, ‘रगत लिएर आएदेखि डाक्टर पनि आएनन्, नर्स पनि आएनन् ।’ बिहीबार मध्यरातमा अचानक बिरामी छट्पटिएपछि क्याबिनमा रहेका नर्सलाई जानकारी गराउँदा आफूलाइ पनि उनीहरुले झपारेर पठाइदिएको चन्दा देवीले बताइन् ।

उनले भनिन्, ‘बेडमा आएर हेर्दा श्रीमानको प्राण गइसकेको रहेछ । डाक्सर नर्सकै लापरवाहीका कारण पतिको मृत्यु भएको हो ।’कुर्मीको उपचारमा संलग्न डाक्टर मनोज गुप्ताले भने ड्युटीमा रहेका स्टाफबाट लापरवाही भएको बताए ।  

अस्पतालका सहायक मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० डाक्टर एनामुल हकले पनि स्वास्थ्यकर्मीकै लापरवाहीका कारण कुर्मीको मृत्यु भएको स्वीकारेका छन् । शुक्रबार बिहान अस्पतालमा भेटिएका डाक्टर हकले भने, ‘अस्पतालको गल्ती भएको रहेछ ।’

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण कुर्मीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र छिमेकीले शुक्रबार बिहान अस्पतालका मेसु डाक्टर रामपरीक्षण यादवलाई उनकै कार्यकक्षमा घेराउ गरेका थिए ।

उनीहरुले मृतक कुर्मीका परिवारलाइ उचित क्षतिपूर्ति उपलब्ध गराउन माग पनि गरेका थिए । अस्पतालका मेसु डाक्टर यादवले कुर्मीको मृत्युको घटनाबारे छानविन गरेर दोषी कर्मचारीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आफन्त र छिमेकीले कुर्मीको शव बुझेर लगेका छन्

- See more at: http://dcnepal.com/news/news.php?nid=186229#sthash.wLkGco91.kdnVKRxp.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment