सर्वोच्चले अख्तियारलाई भन्यो: कानुनको सीमा भित्र बसेर काम गर्नु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



काठमाडौं- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कानूनले प्रदान गरेको अधिकारक्षेत्रको सीमाभित्र रही काम गर्न आदेश गरेको छ। बरिष्ठ अधिवक्ता शभ्भू थापाले दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधान न्यायाधीश कल्यण श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको इजालसले यस्तो आदेश गरेको हो।
२०७ भदौं २१ गते आयोगको निर्देशित पत्रको आधारमा राजश्व अनुसन्धान विभागले थापाको ल फर्ममा छापा मारी कम्प्युटर लगायतका कागजपत्रहरु लगेको थियो। त्यसका विरुद्व थापाले अख्तियार विरुद्व रिट दायर गरेका थिए। सर्वोच्चले थापाको रिटमा सोमबार अन्तिम सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो।

'
सामान्य रुपमा गरिने अनुसन्धानसम्म पनि नगरी निर्देशित पत्रको आधारमा हठातरुपमा निवेदकको फर्ममा खानतलासी लिने एवं स्पष्ट औचित्य विना कम्प्युटर र कागजपत्रसमेत नियन्त्रणमा लिई लगेको देखिएकाले विपक्षी राजस्व अनुसन्धान विभागको कार्यबाट कानूनव्यवसायी र तिनका सेवाग्राहीबीचको कानून प्रदत्त गोपनियताको विशेषाधिकारसमेतको हनन् भएको देखिन आयो' सर्वोच्चले आफ्नो आदेशमा भनेको छ।

  1213

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment