नाकावन्दी र आन्दोलनले आक्रान्त जनतालाई उखान तुक्का र महत्वकांक्षी योजना सुनाउन व्यस्त प्रधानमन्त्री (महत्वकांक्षी योजना सहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 
नाकाबन्दीका समस्या सम्बोधन गर्ने वेला प्रधानमन्त्रीले महत्त्वाकांक्षी योजना मात्र सुनाए ।

उनले एक वर्षमा लोडसेडिङ अन्त्य, काठमाडौं उपत्यकामा विद्युतीय मेट्रोरेल सञ्चालन गर्ने, पूर्वपश्चिम लोकमार्गलाई चार लेनको बनाउनेजस्ता कार्यक्रम पनि घोषणा गरे । तर, प्रधानमन्त्रीले आश्वासन दिएअनुसार कुनै पनि योजनामा सरकारको तयारी छैन । प्रधानमन्त्री भन्छन्विपक्षीले थाहा पाउाछन् भनेर सरकारले खुसुखुसु काम गरिरहेको छ । यसबारे उनले शुक्रबार पनि यसो भने, ‘परिणाममा देखिने गरी सरकारले केही विशेष काम गर्दै छ ।

काम गर्नुअघि यस्तो वा त्यस्तो गरिन्छ भन्दा अवरोध बढी हुँदो रहेछ । अहिले म केही भन्दिनँ, केही समयपछि परिणाममै देख्नुहुनेछ । काम गर्ने योजना सँगसँगै असफल पार्ने योजना पनि आउँछन्, त्यसैले हल्ला र प्रचार नगरी खुसुखुसु काम गर्न्तिर सरकार लागेको छ ।सबै मन्त्री सबै विषयमा बोल्छन्, कसैमाथि कमान्ड छैन आफ्नै मन्त्रीहरूमाथि पनि प्रधानमन्त्रीको कमान्ड देखिएको छैन । भारतलाई हेर्ने सरकारको दृष्टिकोणबारे सबै विभागका मन्त्री बोलिरहेका छन्, आफ्नै तालमा । दुई उपप्रधानमन्त्री र एक मन्त्रीको अभिव्यक्तिमा त भारतीय दूतावासले विज्ञप्ति नै निकालेर खण्डन गर्‍यो । ती मन्त्रीको भनाइ जायजनाजायज के थियो भनेर सरकारले स्पष्ट पार्न सकेन ।

उपप्रधानमन्त्री चित्रबहादुर केसीले सार्वजनिक कार्यक्रममा भने, ‘देशमा कालोबजारी भइरहेको छ, मैले सिंहदरबारबाट टुलुटुलु हेरिरहेको छु ।अर्का उपप्रधानमन्त्री कमल थापाले त सरकारलाई सहयोग गरेकोमा तेल तस्करलाई धन्यवाद दिए । तर, प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरे पनि कार्यान्वयन गर्ने योजना सुनाउन सकेका छैनन् । शुक्रबारै पनि उनले डा. रामशरण महतमाथि व्यंग्य हानेर आफ्नोजिम्मेवारीपूरा गरे ।

उनले भने, ‘सरकारले एक वर्ष्भित्र लोडसेडिङ अन्त्य गर्ने भनेको छ, त्यहीअनुसार काम पनि अगाडि बढिरहेको छ । लन्डनतिर उत्कृष्ट भएका मन्त्रीहरूले कुनै पनि परियोजना अघि नबढाएकाले अहिले विद्युत् मागभन्दा कम भएको हो । तर, अब समस्या समाधान हुन्छ ।
नाकाबन्दीका समस्या सम्बोधन गर्ने वेला प्रधानमन्त्रीले महत्त्वाकांक्षी योजना मात्र सुनाए ।

उनले एक वर्षमा लोडसेडिङ अन्त्य, काठमाडौं उपत्यकामा विद्युतीय मेट्रो—रेल सञ्चालन गर्ने, पूर्व–पश्चिम लोकमार्गलाई चार लेनको बनाउनेजस्ता कार्यक्रम पनि घोषणा गरे । तर, प्रधानमन्त्रीले आश्वासन दिएअनुसार कुनै पनि योजनामा सरकारको तयारी छैन । प्रधानमन्त्री भन्छन्– विपक्षीले थाहा पाउाछन् भनेर सरकारले खुसुखुसु काम गरिरहेको छ । यसबारे उनले शुक्रबार पनि यसो भने, ‘परिणाममा देखिने गरी सरकारले केही विशेष काम गर्दै छ ।

काम गर्नुअघि यस्तो वा त्यस्तो गरिन्छ भन्दा अवरोध बढी हुँदो रहेछ । अहिले म केही भन्दिनँ, केही समयपछि परिणाममै देख्नुहुनेछ । काम गर्ने योजना सँगसँगै असफल पार्ने योजना पनि आउँछन्, त्यसैले हल्ला र प्रचार नगरी खुसुखुसु काम गर्न्तिर सरकार लागेको छ ।’ सबै मन्त्री सबै विषयमा बोल्छन्, कसैमाथि कमान्ड छैन आफ्नै मन्त्रीहरूमाथि पनि प्रधानमन्त्रीको कमान्ड देखिएको छैन । भारतलाई हेर्ने सरकारको दृष्टिकोणबारे सबै विभागका मन्त्री बोलिरहेका छन्, आ–आफ्नै तालमा । दुई उपप्रधानमन्त्री र एक मन्त्रीको अभिव्यक्तिमा त भारतीय दूतावासले विज्ञप्ति नै निकालेर खण्डन गर्‍यो । ती मन्त्रीको भनाइ जायज–नाजायज के थियो भनेर सरकारले स्पष्ट पार्न सकेन ।

उपप्रधानमन्त्री चित्रबहादुर केसीले सार्वजनिक कार्यक्रममा भने, ‘देशमा कालोबजारी भइरहेको छ, मैले सिंहदरबारबाट टुलुटुलु हेरिरहेको छु ।’ अर्का उपप्रधानमन्त्री कमल थापाले त सरकारलाई सहयोग गरेकोमा तेल तस्करलाई धन्यवाद दिए । तर, प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरे पनि कार्यान्वयन गर्ने योजना सुनाउन सकेका छैनन् । शुक्रबारै पनि उनले डा. रामशरण महतमाथि व्यंग्य हानेर आफ्नो ‘जिम्मेवारी’ पूरा गरे ।

उनले भने, ‘सरकारले एक वर्ष्भित्र लोडसेडिङ अन्त्य गर्ने भनेको छ, त्यहीअनुसार काम पनि अगाडि बढिरहेको छ । लन्डनतिर उत्कृष्ट भएका मन्त्रीहरूले कुनै पनि परियोजना अघि नबढाएकाले अहिले विद्युत् मागभन्दा कम भएको हो । तर, अब समस्या समाधान हुन्छ ।
- See more at: http://dcnepal.com/news/news.php?nid=186420#sthash.HxBDJPMI.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment