एमाओवादी ‘कामरेड’ एकैसाथ दुईवटी श्रीमतीका पोइ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२९ पुस, काठमाडौं । ५७ वर्ष लागेका एमाओवादीका सुदुरपश्चिमे नेता लेखराज भट्टले सुदरपूर्व ताप्लेजुङकी कन्या (विष्णु आचार्य) सँग दोस्रो विहे गरेको चर्चाले नेपालको पारिवारिक कानूनलाई नयाँ चुनौती दिएको छ । एउटा कम्युनिष्ट एकैसाथ दुईवटी पत्नीसँग एउटै ओछ्यानमा रहन मिल्छ कि मिल्दैन भन्ने अर्को बहस सिर्जना भएको छ ।

लेखराजकी पत्नी निर्मला भट्टबाट सन्तानको जायजन्म नभएपछि भट्टले दोस्रो बिहे गरेका हुन् । उमेर कटिसकेकाले अब निर्मलाबाट सन्तानको जायजन्म सम्भव पनि छैन ।
भट्ट परिवारले त सन्तानको सुख प्राप्तिका लागि दोस्रो विवाह गरे, तर, ३० वर्ष पनि नकटेकी क्रान्तिकारी कन्या विष्णुले चाँहि किन सोमप्रसादजस्तै बूढो मान्छेलाई रोजिन् होला ? नयाँ पुस्ताका लागि यो घटना निकै अनौठो लाग्न सक्छ । पुरानो पुस्ताका लागि भने निसन्तान व्यक्तिले सन्तानका लागि दोस्रो विवाह गर्नु सामान्य कुरो हो । तर, कम्युनिष्टहरुका लागि नि ? यो पनि अर्को रोचक प्रश्न छ ।
को हुन् लेखराज ?
को हुन् लेखराज ?


Lekhraj-Bhatta

प्रायः रातो कपाल बनाएर हिँड्ने एमाओवादीका केन्द्रीय नेता लेखराज भट्टको जन्म वि.सं. २०१६ साल चैत्र ११ गते डोटी जिल्लाको गडसेरा- ९ मा भएको हो । यो मितिले अहिले उनी ५६ वर्ष पूरा भएर ५७ वर्षमा हिँडिरहेका छन् ।
राजनीतिमा ०३० सालदेखि सक्रिय रहेका भट्ट पहिलो संविधानसभामा कैलाली क्षेत्र नं ५ बाट विजयी बनेका थिए । पछि उनी मन्त्रीसमेत बने । दोस्रो निर्वाचनमा चाँहि उनी पराजित भए ।
भट्ट परिवार कैलालीमा निकै सम्पन्न मानिन्छ । यद्यपि लेखराजले पार्टीलाई बुझाएको सम्पत्ति विवरणमा भने खासै सम्पत्ति देखाइएको थिएन । जनयुद्धकालमा पार्टी नाम राकेशले चिनिने भट्टले पार्टीलाई बुझाएको विवरणमा घर घडेरीनभएको र जग्गाजमीन १ रोपनी ३ आनामात्रै रहेको उल्लेख गरेका थिए । २०/२५ लाख सामानको लजिष्टिकको सामान र १ लाख रुपैयाँको सुनचाँदी र गहनामात्रै भट्टले पार्टीलाई देखाएका थिए । यतिमात्रै सम्पत्ति भएको व्यक्तिलाई खासै धनी मानिँदैन ।
लेखराज र निर्मला दुबैजना जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय जोडी हो । तर, जतिसुकै त्यागभाव भएता पनि सन्तानको चाहना हुनु मानिसका लागि स्वाभाविक र मानवीय विषय हो । भट्ट परिवार सन्तान नभएकोमा दशकौंदेखि चिन्तित रहँदै आएको थियो ।
पछिल्लो समयमा ताप्लेजुङ निवासी आफ्नै पार्टीकी कार्यकर्तासँग दोस्रो विवाहका लागि भट्टकी जेठी पत्नी निर्मलाले पनि सहमति जनाएको एमाओवादी स्रोत बताउँछ ।
एमाओवादी विचारले लैस भएका भट्टका दुई पत्नीहरु निर्मला र विष्णुले आपसमा सौता बन्नका लागि जुन सहमति जनाए, यसले माओवादी आन्दोलन र अहिलेको बाहिरी समाजमा नयाँ सामाजिक बहस सिर्जना गरेको छ । कम्युनिष्ट महिलाहरु आपसमा सौता बन्न सहमत हुनु निकै रोचक विषय हो ।

को हुन् विष्णु ?

 
विष्णुबारे एमाओवादी ताप्लेजुङका एक नेताले अनलाइनखबरसँग भने- विद्यार्थी संगठनमा काम गर्दागर्दै शान्ति प्रक्रियामा आएसँगै विष्णु काठमाडौंतिर लागिन् र त्यसपछि जिल्ला पार्टीसँग सम्पर्कमा छैनन् ।’ पछि विष्णुले मन्त्रीसँग बिहे गरेको चर्चा जिल्लामा सुनिएको ती माओवादी नेताले बताए ।
एमाओवादी नेताहरुले दिएको जानकारीअनुसार विष्णु सामान्य परिवारमा हुर्केकी युवती हुन् । उनका बुबाआमा सामान्य किसान हुन् । ३० वर्ष पनि नकटेकी विष्णुले पूर्वमन्त्री भट्टसँग पहिलो बिहे गरेकी हुन् ।


पुरानो समाजमा सामान्य, नयाँमा अचम्म !

पुरानो नेपाली समाजमा दुईवटी श्रीमती ल्याउने प्रचलन सामान्य मानिन्थ्यो । अहिलेको समाजमा पनि एउटा विवाह असफल भएपछि दोस्रो घरजम गर्नु स्वाभाविकै मानिन्छ । तर, एकै व्यक्तिले दुईवटी पत्नी ल्याउने र सौता-सौता मिलेर बस्ने घटनाचाहिँ अहिलेको समाजमा निकै अचम्मको मानिन्छ ।
आधुनिक समाजमा सन्तान भएन भने उपचार गर्ने, सामान्य उपचारबाट नभए टेस्टट्युव बेबी जन्माउने वा त्यो पनि सम्भव नभए ‘सेरोगेसी’ बाट सन्तान जन्माउने प्रचलन रहेको छ । विगतमा टेस्टट्युब बेबीको प्रविधि नभएकाले सौता ल्याएर सन्तान जन्माउने चलन थियो ।
सन्तान नभएका जोडीले कुनै परित्यक्त शिशुलाई अंगीकार गर्ने वा धर्मपुत्र धर्मपुत्री बनाएर तिनैलाई सन्तानको माया दिने प्रचलनसमेत समाजमा पाइन्छ ।
तर, लेखराज भट्ट दम्पतिले यी कुनै पनि विकल्पहरुको साटो बुढेसकालमा अर्कीसँग बिहे गरेर सन्तान जन्माउने पुरानो मध्ययुगीन बाटो रोजेका छन् । तर, यसरी गरिने विवाह सन्तान स्वार्थमा मात्रै आधारित हुन्छ कि प्रेममा आधारित ? अनि आधुनिक समाजले अंगीकार गर्दै आएको ‘एकनिष्ट परिवार र प्रेम’ मा यसले बाधा गर्छ कि गर्दैन ? यो रोचक प्रश्न भट्टको दोस्रो बिहेले उब्जाएको छ ।
अर्को प्रश्न पनि के छ भने कम्युनिष्ट विचारबाट दीक्षित विष्णुले सन्तानमात्रै पाइदिनका लागि भट्टकी दोस्री पत्नी बन्न किन सहमति जनाइन् ? कि उनलाई बाध्यतापूर्वक फसाइएको हो ? या उनले ‘सेरोगेसी’ मात्रै बन्न मञ्जुरी दिएकी हुन् ? होइन भने लेखराज भट्टले शारीरिक सम्बन्ध विष्णुसँग र प्रेमचाहिँ निर्मलासँग गरे भने के होला ? यस्तो सामाजिक प्रश्न विष्णुको निर्णयले उब्जाएको छ ।
विद्यमान कानूनले के भन्छ ?

मुलुकी ऐनको विहाबारी महलले केही अवस्था तोकेको छ र त्यो स्थितिमा पुरुषले दोस्रो श्रीमती बिहे गर्ने छुट पाउँछ ।
मुलुकी ऐन बिहाबारीको ९ नम्बरमा पत्नीबाट सन्तान नहुने मेडिकल बोर्डबाट प्रमाणित भएमा लोग्नेले अर्की श्रीमती ल्याउन पाउने व्यवस्था छ ।
त्यसैगरी मुलुकी ऐनको सोही महलमा पत्नीलाई यौनसम्बन्धी सरुवा रोग लागी निको नहुने भएमा, निको नहुने गरी बहुलाएमा, हिँडडुल गर्न नसक्ने गरी अपाङ भएमा, दुबै आँखा नदेख्ने भएमा वा अंशवण्डा गरी भिन्नै बसेमा लोग्नेले अर्की श्रीमती ल्याउन पाउने प्रावधान छ ।
- See more at: http://www.onlinekhabar.com/2016/01/374299/#sthash.FDdtqPb3.0Sgb61dT.dpuf


पुरानो समाजमा सामान्य, नयाँमा अचम्म !

पुरानो नेपाली समाजमा दुईवटी श्रीमती ल्याउने प्रचलन सामान्य मानिन्थ्यो । अहिलेको समाजमा पनि एउटा विवाह असफल भएपछि दोस्रो घरजम गर्नु स्वाभाविकै मानिन्छ । तर, एकै व्यक्तिले दुईवटी पत्नी ल्याउने र सौता-सौता मिलेर बस्ने घटनाचाहिँ अहिलेको समाजमा निकै अचम्मको मानिन्छ ।
आधुनिक समाजमा सन्तान भएन भने उपचार गर्ने, सामान्य उपचारबाट नभए टेस्टट्युव बेबी जन्माउने वा त्यो पनि सम्भव नभए सेरोगेसीबाट सन्तान जन्माउने प्रचलन रहेको छ । विगतमा टेस्टट्युब बेबीको प्रविधि नभएकाले सौता ल्याएर सन्तान जन्माउने चलन थियो ।
सन्तान नभएका जोडीले कुनै परित्यक्त शिशुलाई अंगीकार गर्ने वा धर्मपुत्र धर्मपुत्री बनाएर तिनैलाई सन्तानको माया दिने प्रचलनसमेत समाजमा पाइन्छ ।
तर, लेखराज भट्ट दम्पतिले यी कुनै पनि विकल्पहरुको साटो बुढेसकालमा अर्कीसँग बिहे गरेर सन्तान जन्माउने पुरानो मध्ययुगीन बाटो रोजेका छन् । तर, यसरी गरिने विवाह सन्तान स्वार्थमा मात्रै आधारित हुन्छ कि प्रेममा आधारित ? अनि आधुनिक समाजले अंगीकार गर्दै आएको एकनिष्ट परिवार र प्रेममा यसले बाधा गर्छ कि गर्दैन ? यो रोचक प्रश्न भट्टको दोस्रो बिहेले उब्जाएको छ ।
अर्को प्रश्न पनि के छ भने कम्युनिष्ट विचारबाट दीक्षित विष्णुले सन्तानमात्रै पाइदिनका लागि भट्टकी दोस्री पत्नी बन्न किन सहमति जनाइन् ? कि उनलाई बाध्यतापूर्वक फसाइएको हो ? या उनले सेरोगेसीमात्रै बन्न मञ्जुरी दिएकी हुन् ? होइन भने लेखराज भट्टले शारीरिक सम्बन्ध विष्णुसँग र प्रेमचाहिँ निर्मलासँग गरे भने के होला ? यस्तो सामाजिक प्रश्न विष्णुको निर्णयले उब्जाएको छ ।
विद्यमान कानूनले के भन्छ ?

मुलुकी ऐनको विहाबारी महलले केही अवस्था तोकेको छ र त्यो स्थितिमा पुरुषले दोस्रो श्रीमती बिहे गर्ने छुट पाउँछ ।
मुलुकी ऐन बिहाबारीको ९ नम्बरमा पत्नीबाट सन्तान नहुने मेडिकल बोर्डबाट प्रमाणित भएमा लोग्नेले अर्की श्रीमती ल्याउन पाउने व्यवस्था छ ।
त्यसैगरी मुलुकी ऐनको सोही महलमा पत्नीलाई यौनसम्बन्धी सरुवा रोग लागी निको नहुने भएमा, निको नहुने गरी बहुलाएमा, हिँडडुल गर्न नसक्ने गरी अपाङ भएमा, दुबै आँखा नदेख्ने भएमा वा अंशवण्डा गरी भिन्नै बसेमा लोग्नेले अर्की श्रीमती ल्याउन पाउने प्रावधान छ




२९ पुस, काठमाडौं । ५७ वर्ष लागेका एमाओवादीका सुदुरपश्चिमे नेता लेखराज भट्टले सुदरपूर्व ताप्लेजुङकी कन्या (विष्णु आचार्य) सँग दोस्रो विहे गरेको चर्चाले नेपालको पारिवारिक कानूनलाई नयाँ चुनौती दिएको छ । एउटा कम्युनिष्ट एकैसाथ दुईवटी पत्नीसँग एउटै ओछ्यानमा रहन मिल्छ कि मिल्दैन भन्ने अर्को बहस सिर्जना भएको छ ।
लेखराजकी पत्नी निर्मला भट्टबाट सन्तानको जायजन्म नभएपछि भट्टले दोस्रो बिहे गरेका हुन् । उमेर कटिसकेकाले अब निर्मलाबाट सन्तानको जायजन्म सम्भव पनि छैन ।
भट्ट परिवारले त सन्तानको सुख प्राप्तिका लागि दोस्रो विवाह गरे, तर, ३० वर्ष पनि नकटेकी क्रान्तिकारी कन्या विष्णुले चाँहि किन ‘सोमप्रसाद’ जस्तै बूढो मान्छेलाई रोजिन् होला ? नयाँ पुस्ताका लागि यो घटना निकै अनौठो लाग्न सक्छ । पुरानो पुस्ताका लागि भने निसन्तान व्यक्तिले सन्तानका लागि दोस्रो विवाह गर्नु सामान्य कुरो हो । तर, कम्युनिष्टहरुका लागि नि ? यो पनि अर्को रोचक प्रश्न छ ।
- See more at: http://www.onlinekhabar.com/2016/01/374299/#sthash.FDdtqPb3.0Sgb61dT.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment