मन छुने ‘भाग् सानी भाग्’को ‘यो के भाको’ गीत

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

bhag-sani-bhag
संगीतकारले निर्माण गरेको चलचित्रमा संगीतको स्थान उच्च भएन भने पक्कै पनि त्यो आलोचित हुन्छ । संगीतकार चेतन सापकोटा पहिलो पटक निर्माता बनेको चलचित्र भाग् सानी भाग्को गीतसंगीत कर्णप्रिय बनेको छ । संगीतकार सापकोटाले गीत तयार पार्न मिहिनेत गरेको पाइन्छ ।
चलचित्रमा समावेश यो के भाकोबोलको गीत सार्वजनिक गरिएको छ । राज सिग्देल र अञ्जु पन्तको स्वर, दयाराम पाण्डेको शब्द तथा चेतन सापकोटाको संगीत रहेको यो गीतले मन छुन सक्छ ।
गीतमा चलचित्रका मुख्य कलाकार सविन श्रेष्ठ र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । चैत्र ५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । नवल नारी संवेदनाका कथामा चलचित्र बनाउन सफल मानिन्छन् ।
भाग् सानी भाग्पनि नारी केन्द्रित चलचित्र हो । चैत्र ५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

यो बर्ष निरन्तर २ चलचित्र असफल भएकाले पनि केकीका लागि यो चलचित्र चल्न आवश्यक छ । किनकी, यो चलचित्र केकीकै वरिपरी घुमेको छ ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment