'अर्काे शक्तिशाली भूकम्प जान सक्छ'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



लन्डननेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना एक बेलायती अध्ययनले औंल्याएको छ । टेक्टोनिक प्लेटको घर्षणले गत वैशाखमा गोरखा, बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पजस्तै अर्को भूकम्प फेरि जान सक्ने सम्भावना सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले जनाएको हो ।
भूकम्पको केन्द्र काठमाडौं आसपास हुनसक्ने अध्ययनको निचोड छ ।

वैशाखको भूकम्प अध्ययनमा अनुसन्धाताले राजधानी काठमाडौंको सतहमुनि नै टेक्टोनिक घर्षणको सम्भावना औंल्याएका छन् । अनुसन्धान समूहका प्रमुखसमेत रहेका बेलायती अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जोन एलियटले विज्ञप्ति जारी गर्दै टेक्टोनिक प्लेटको घर्षणले गहिराइबाट चिरा परी सतहतर्फ आएको ऊर्जा राजधानी काठमाडौंको सतहबाट ११ किलोमिटर मुनि रोकिएर बसेको जनाएका छन् । काठमाडौंको सतहमुनि र ऊर्जा अड्किए पनि मास्तिरको भाग चिरा नपरेका कारण गत वर्ष सबै ऊर्जा बाहिर निस्कन नपाएको अध्ययनमा देखिएको छ । यसको अर्थ काठमाडौंमा फेरि अर्को ठूलो भूकम्प जाने सम्भावना बाँकी नै रहेको 'नेचर जियोसाइन्स' जर्नलमा प्रकाशित जोनकै अनुसन्धानकर्ता समूहले उल्लेख गरेका थिए ।

अनुसन्धानकर्ताका अनुसार ऊर्जा जमिनमुनि अड्किएकै कारण अर्को शक्तिशाली भूकम्प सयौं वर्षमा नभएर केही वर्ष वा केही दशकभित्रै जाने प्रबल सम्भावना छ ।

इलियटले भूउपग्रहबाट प्राप्त 'हाई रिजोल्युसन' तस्बिरको अध्ययनमा भूकम्पीय ऊर्जाको सानो अंश मात्र गत वर्ष सतहमा निस्केको देखिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनका अनुसार जमिनमुनि वैशाखको भूकम्पले पारेको चिराको माथिल्लो भागमा ऊर्जाको दबाब निरन्तर बढ्दो छ ।

'
चिराको माथिल्लो भाग जमिनको सतहनजिकै रहेकाले त्यहाँ थुप्रिएको ऊर्जा भविष्यमा एकैपल्ट सतहमाथि निस्किए गत अप्रिलकै जत्रो शक्तिशाली भूकम्प जान सक्ने र त्यसको असर वैशाखको भन्दा विनाशकारी हुनसक्छ,' इलियटले भनेका छन् ।

नेपाल दुई टेक्टोनिक प्लेटको घर्षण हुने प्रमुख 'फल्ट लाइन' मा अवस्थित छ । अस्ट्रेलिया र भारत रहेको इन्डोअस्टे«लियन टेक्टोनिक प्लेट एसिया र युरोप रहेको युरेसियन प्लेटसँग घर्षण गर्छ । इन्डोअस्टे«लियन टेक्टोनिक प्लेट बर्सेनि दुई सेन्टिमिटर दरले उत्तरपूर्वतिर सर्दा युरेसियन प्लेटसँग हुने घर्षणबाट ऊर्जा जम्मा हुने 'फल्ट लाइन' माथि नेपाली भूमिको अवस्थिति छ ।

यही प्रक्रियाबाट हिमालय पर्वत शृंखला निर्माण भएको भूगर्भविद बताउँछन् । यही टेक्टोनिक प्लेट घर्षणबाट उत्पन्न हुने ऊर्जाको दबाबका कारण 'फल्ट लाइन' बाट ऊर्जा बाहिर निस्कँदा भूकम्प जाने गर्छ ।

'
नेचर जियोसाइन्स' जर्नलमा प्रकाशित लेख नेपालमा भूकम्पबारे गरिएको पछिल्लो अध्ययनको निचोड हो । अप्रिल २५ को ७.६ म्याग्निच्युड भूकम्पअघि पनि यो जर्नलले पूर्वचेतावनी दिएको थियो । नेपालमा ८० वर्षयता गएको विनाशकारी उक्त भूकम्पपछि मे १२ मा ६.९ म्याग्निच्युडको अनुकम्प गएको थियो ।

'
नेचर जियोसाइन्स' जर्नलले नै पाँच महिनापूर्व पनि 'फल्ट लाइन' मा जम्मा भएको सबै ऊर्जा वैशाखको भूकम्पमा बाहिर ननिस्केकाले त्यत्रै अनुकम्प जाने सम्भावना औंल्याएको थियो । अप्रिल २५ को भूकम्प र मे १२ को अनुकम्पले नेपालमा पहिरो जानुका साथै ९ लाखभन्दा बढी घर भत्केका थिए भने लाखौं विस्थापित भएका थिए ।

'
दुर्भाग्यवश अर्को भूकम्प जाने तिथिमिति ठ्याक्कै पूर्वानुमान गर्ने कुनै पनि तरिका छैन,' इलियटले विज्ञप्तिमा भनेका छन्, 'भूकम्प जाँदा जोगिनका लागि कस्तो तयारी देश र सहरले गरेका छन्, क्षति त्यसमै भर पर्छ ।'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment