राष्ट्र बैंकले झण्डै ५ अर्ब रकम बैंकहरुमा जम्मा गर्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 नेपाल राष्ट्र बैंकले झण्डै ५ अर्ब रुपैयाँ बैंकहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।
 
२०७२ माघ ३ गतेदेखि २०७३ माघ १ गतेसम्म कुल ३ सय ६४ दिनका लागि उक्त रकम जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ। जसअनुसार क वर्गका बैंकहरुमा ३ अर्ब ९१ करोड ३२ लाख ५१ हजार रुपैयाँ जम्मा गरिने बैंकले जनाएको छ।
 
त्यस्तै ख वर्गका बैंकहरुमा ७३ करोड ३७ लाख ३४ हजार रुपैयाँ जम्मा गर्ने र ग वर्गका फाइनान्सहरुमा २४ करोड ४५ लाख ७८ हजार रुपैयाँ जम्मा गर्ने गरी उसले लगानी सूचना जारी गरेको छ। 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment