वायु सेवा निगमले असारसम्ममा ४ वटा विमान किन्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



नेपाल वायु सेवा निगमले २०७४ को असार सम्ममा ४ वटा नयाँ  विमानले ग्राहकलाई सेवा दिने योजना सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निगमले ७३ माघ सम्ममा २ वटा वाइडबडी जेट र २०७४ असार सम्ममा २ वटा न्यारोबडी जेटबाट सेवा सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।
पर्यटनमन्त्री आनन्द पोखरेललाई साथै राखेर निगमका महाप्रबन्धक सुगत रत्न कंसाकारले निगमलाई २०१८ सम्ममा ब्यबसायिक सक्षम र सबल संस्था बनाउन र अन्तराष्ट्रिय स्तरमा रहेको अनुपस्थितिलाई हटाउन बजारमा उपस्थिति बलियो बनाउन विमान थप्न आवश्यक रहेको बताए ।
आउँदो असारमा ग्वान्जावो,कलकत्ता कुनमिंग र युएईमा सेवा सुरु गर्ने पनि महाप्रबन्धक  कंसाकारले बताए । निगमले आन्तरिक उडानमा ३ वटा ट्युनअटर एउटा एम ए ६० एउटा वाई १२ र अन्य साना विमान थपेर आन्तरिक सेवा दिने योजना बनाएको छ ।  साथै दुर्गम क्षेत्रलाई लक्षित गरि हेलिकप्टर सेवा समेत सुरु गर्ने भएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment