वाग्मतीको ‘पवित्र जल’ अब सिँचाइमा पनि अयोग्य !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२७ पुस, काठमाडौं । विगतमा वाग्मती नदीको पानीलाई पवित्र जलका रुपमा तीर्थालुहरुले काठमाडौं बाहिरसमेत लैजाने गर्थे । अब वाव्मतीको जल पिउन त परै जाओस्, सिँचाइका लागि पनि अनुपयुक्त भेटिएको एक अध्ययनले जनाएको छ ।
विभिन्न संस्थाले गरेको पछिल्लो अध्ययनले काठमाडौं क्षेत्रबाट बग्ने बाग्मतीको पानी सिँचाइका लागि अनुपयुक्त भएको ठहर गरेको हो ।
नेपाल नदी संरक्षण कोष, बायोस्फेयर एशोसियसन र हिम-बायो क्लीकले गरेको अध्ययनले बाग्मतिको पानी खेतिपातिका लागि उपयुक्त नभएको देखाएको हो ।
बाग्मती एक्सपीडीसन-२०१५नामक प्रतिवेदनमा मुहानदेखि २५ किलोमिटरसम्मको पानी फिल्टरसन गरेर पिउनका लागि पनि उपयुक्त देखिएपनि त्यस भन्दा तल्लो क्षेत्रमाको पानी सिँचाइकै लागि पनि प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको उल्लेख छ ।
नदीको पानीमा पानीमा अत्याधिक मात्रामा सोडियम र क्लोराइड भटिएको अध्ययनले देखाएको छ । यी दुई रासायनिक पदार्थ प्रतिक्रया हुँदा नुन बन्छ । यस्तो प्रदुषित पानी बोटबिरुवा र बाली नालीमा प्रयोग गर्दा यसले उल्टै वृद्धि विकासमा अवरोध गर्छ ।
बाग्मतीको पानी सिँचाइमा प्रयोग गर्दा यसमा मिसिएका हानिकारक रासायनिक तत्वले माटोको उर्बरा शक्तिमा पनि ह्रास ल्याउँछ । र माटोलाई मुरुभूमिमा नै परिणत गर्न सक्ने विज्ञहरु औंल्याउँछन् ।
यसैगरी विभिन्न क्षेत्रको पानीको नमुनमा एमोनिया र नाइट्राइटको मात्रा पनि उच्च छ । यसै कारण यो पानी कुनै हिसाबमा पिउन योग्य नरेको अध्ययनको ठहर छ । तर, मुहान क्षेत्रको पानी भने पिउन र सिँचाइ गर्न योग्य भेटिएको छ ।
मुहानको १५ किलोमिटरसम मभने पानीको शुद्धता राम्रो भेटिएको छ । अध्ययनमा बाग्मतीको पानी मुहानभन्दा १५ किलोमिटर तलदेखि चोभार भन्दा ६५ किलोमिटर दक्षिणसम्मको पानी सिँचाइका लागि उपयुक्त नभएको ठहर गरएको हो ।
यस्तै पीएच मानका कारण भारतीय सीमासम्म क्षेत्रमा पनि बाग्मतिको पानी सिँचाइ र खानपानीका लागि उपयुक्त नदेखिएको हो ।
अध्ययनले बाग्मतीको पानी सिँचाइमा पनि प्रयोग गर्न नमिल्ने ठहर गरेपनि काठमाडौं, मकवानपुर, रौतहट लगायतका विभिन्न क्षेत्रमा यो नदीको पानी सिँचाइमा प्रयोग गर्ने गरिएको छ ।
अध्ययनले नदीमा जलचर प्राणीलाई बाँच्ने किसिमको उचित वातावरण पनि नभएको देखाएको छ । नदीमा प्लाष्टिकको घनत्व उच्च हुँदा बाग्मतिको पानी झनै प्रदुषित बनेको छ । काठमाडौं क्षेत्रमा बाग्मतिमा प्लाष्टिकको मात्रा उच्च भेटिएको छ ।
अध्ययन अवधिभर बाग्मती नदी क्षेत्रमा एक सय ७४ प्रजातिका चराचरुङ्गी पनि भेटिएका छन् । जसमा एक प्रजाति लोपोन्मुख छ भने ५ प्रजाति संरक्षितको सूचीमा रहेका चरा पनि छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment