कामको तनाव भगाउने ७ तरिका

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Tension
के तपाइँ आफैलाई उपेक्षित महसुस गरिरहनुभएको छ ? या त आकुलव्याकुल महसुस गरिरहनुभएको छ ? के बेखुसी हुनुहुन्छ ? हो, कामकाजको व्यस्त दैनिकीमा धेरै मानिसहरु आजकल यस्तै महसुस गर्दछन् । अर्थात् मानिसहरुको जीवनशैली तथा व्यवहार विस्तारै असामान्य बन्दैछ ।
अहिले जुन गतिमा व्यवसायिक दुनियाँ अघि बढिरहेको छ यसले मानव स्वास्थ्यमा धेरै असर पारिरहेको छ । तरपनि यस्तो अवस्थाबाट आफ्नो स्वास्थ्यलाई बचाउन तपाइँले आफ्नो जीवनलाई आफै नियन्त्रित गर्न सक्नुहुन्छ र आफ्नो दुःखलाई कम गर्न सक्नुहुन्छ । आफ्नो निजी तथा कामकाजी जिन्दगीलाई केही बढि खुसीयुक्त बनाउन सक्नुहुन्छ । तर कसरी ?
सोसल साइट लिंक्डइन इन्फ्लुएन्सर्समा यो हप्ता यहीँ विषयमा गरमागरम बहस चल्यो । उक्त बहसमा दुइजना विज्ञले दिएको सुझाव यस्तो थियो ।
ब्लाकबर्ड मिडियाका संचालक जेफ हेडनले अधिक कार्यबोझ तथा अधिक संवेगात्मक अनुभुति रोक्नका लागि ७ तरिका सुझाएका छन् ।
उनको सुझाव अनुसार आफ्नो कामकाजी तथा निजी जिवनमा सन्तुलन स्थापित गर्नका लागि सबैले कठिनाइको सामना गर्नैपर्छ । हामीले आफ्नो समस्याको हल विभिन्न ढंगले खोजेका पनि हुन्छौँ । तथापि तल उल्लेखित उपायहरु निकै कामयावी हुनसक्छन्ः
वर्तमान चुनौतिलाई बुझ्ने र त्यसबाट पार पाउने उपाय अवलम्बन गर्नेः
जो मानिसहरु निकै हतारमा हुन्छन् उनीहरु भविष्यको बारेमा सोँच्नै पाउँदैनन् । त्यसैले कुनै काम कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्नुपर्छ ।
आफ्नो दैनिक आनीबानीलाई चुनौति दिनुहोस् । मेरो लागि अमूक भेटघाट कत्तिको महत्वपूर्ण छ ? कुनै इमेल वा पत्रको जवाफ दिनु आवश्यक छ की छैन ? के मैले कुनै रिपोर्ट तयार गर्नु आवश्यक छ ? भन्ने बारेमा गहन रुपमा विचार गर्नुहोस् । किनकी कहिलेकाहीँ हामीले अनावश्यक काममा समय खर्चिरहेका हुन्छौँ ।
यस्ता अनावश्यक तथा कम महत्वपूर्ण कामलाई छाडेर तपाइँले समय बचत गर्न सक्नुहुन्छ र त्यो समयमा अरु महत्वपूर्ण काम गर्न वा आराम गर्न सक्नुहुन्छ ।
सबैभन्दा महत्वपूर्ण कामलाई प्राथमिकता दिनुहोस्ः
हरेक दिन, हप्ता तथा महिनाको प्राथमिकता किटान गर्नुहोस् । आफ्नो लक्ष्य वा काम तय गर्ने र त्यसलाई पूरा गर्ने तालिका नै बनाउनुहोस् ।
आफ्नो अवचेतन सोँचलाई पनि समय दिनुहोस्ः
जब तपाइँ निकै कठीन चुनौतिमा फस्नुभएको हुन्छ तब तपाइँलाई सही फैसला लिनका लागि अवचेतन मनको आवश्यकता पर्दछ । यस्तो बेलामा आफ्नो अवचेतन मनलाई पनि समय दिनुहोस् । शोधका अनुसार जब मानिस सोँचाइमा हुन्छ तब आफ्नो तथ्यहरुलाई परीक्षण गर्दछ र सही निर्णय लिन्छ ।
त्यसैले महत्वपूर्ण लिएर लिने बेलामा केही समय एकान्तवास बस्ने, ध्यान गर्ने, टहल्ने, व्यायाम गर्ने जस्ता काम गर्नुहोस् । यसो गर्दा तपाइँको जिउ अन्य काममा सक्रिय रहेको भएपनि मस्तिष्कको अवचेतन भागले अटोपाइलटको रुपमा सक्रियता पूर्वक विषयवस्तुमा गहन रुपमा सोँचिरहेको हुन्छ र निकास खोजिरहेको हुन्छ । यसो गर्दा सही निष्कर्षमा पुग्न सहज हुन्छ ।
सीमा तय गर्नुहोस्ः
कोहीपनि मानिस सातै दिन, २४ सै घण्टा काम गर्न सक्दैन र गर्नुपनि हुँदैन । त्यसैले केही सीमा निर्धारण गर्नैपर्छ । काम गर्ने समयमा काम नै गर्ने र बाँकी समय अन्य कुराका लागि छुट्टाउनै पर्छ ।
खाली समयमा परिवार सँग समय बिताउने वा मनोरन्जनात्मक वा तनाव निवारक क्रियाकलापमा संलग्न हुनुपर्छ । तपाइँ काममा हुनुहुन्छ भने कसैको फोन उठाउन पनि जरुरी छैन, किनकी मानिसहरुलाई तपाइँको व्यस्तता तथा सीमाको बारेमा जानकारी होस् ।
त्यस्तै व्यापार संचार परामर्शदाता इवेटे के काबालेरोले लिंक्डइनमा खुसी भनेको आफुले चाहेको सबै चिज पाउनुमात्र होइन भन्ने शीर्षकमा एउटा पोष्ट गरेका छन् । उनका अनुसार जिवनलाई जटिल बनाउनु हुँदैन, सहज राख्नुपर्छ ।
काबालेरो सोध्दछन्, खुसी आखिर के हो ? के तपाइँले खुसी तबमात्र प्राप्त गर्न सक्नुहुन्छ जब तपाइँ कामकाजी तथा घरेलु मोर्चामा निकै व्यस्त रहनुहुन्छ ? उनका अनुसार खुसी भनेकेा एक प्रकारको जिवनशैली हो जसको हामीले दिनरात अभ्यास गर्नु जरुरी छ ।
यी तरिकाबाट तपाइँ खुसी रहन सक्नुहुन्छ
आफ्नो शरीरको ख्याल राख्नुहोस्ः
आफ्ना खानपिनका विषयमा सजग हुनुहोस् । आफ्नो जिउको आवश्यकता बुझ्ने कोसिस गर्नुहोस् । आफ्नो शारीरिक, मानसिक तथा भावनात्मक अवस्थालाई राम्रो बनाउने खानेकुरा खानुहोस् ।
सार्थक सम्बन्ध विकशित गर्नुहोस्ः
मानिसहरुसँग ३ प्रकारका सम्बन्ध विकशित गर्नुपर्छ । पहिलो आफुभन्दा पाका तथा बुद्धिमान मानिसहरुसँग । दोश्रो, आफ्ना सहेली वा दौँतरी अथवा आफ्नै उमेरका व्यक्तिहरुसँग ।
त्यसका साथै आफ्नो उमेरभन्दा कम उमेरका मानिसहरुसँग पनि राम्रो र सहज सम्बन्ध बनाउनु पर्छ ता की तपाइँले नयाँ समयको बहाव थाहा हुन सकोस् । यसले तपाइँको समर्थन प्रणाली वा परेको बेला साथ दिने जमात ठूलो बन्दछ ।
कृतज्ञताको भाव राख्नुहोस्ः
कृतज्ञभावले जिवनमा सकारात्मक प्रभाव पार्दछ र त्यसले ती व्यक्तिहरु पनि प्रभावित हुन्छन् जो तपाइँको नजिक हुन्छन् । कृतज्ञताका कारण तपाइँले आफ्नो अगाडि आउने चुनौतिको सामना गर्न सक्नुहुन्छ । यसले तपाइँको तनावको स्तर कम हुनुका साथै स्वास्थ्य पनि राम्रो बन्दछ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment