फेसबुक मालिक जुकरबर्गले ‘आइरन म्यान’ बनाउने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 मार्क जुकरबर्ग

फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले यो वर्ष आइरनम्यान बनाएर आफ्नो सहयोगीमा नियुक्त गर्ने भएका छन् । हलिउड फिल्म आइरन म्यानको पात्रजस्तै कृत्रिम विवेकयुक्त आइरनम्यान तयार गरी आफ्नो सहयोगी बनाउने नयाँ वर्षको अठोट जुकरबर्गले व्यक्त गरेका छन् ।

उक्त आइरनम्यानले आफुलाई घर तथा कार्यालयमा काम गर्न सहयोग गरोस् भन्ने उनको आकांक्षा छ । उनले यो वर्ष सन् २०१६ मा आइरनम्यानको निर्माणलाई आफ्नो व्यक्तिगत चुनौतिको रुपमा समेत लिएका छन् ।
गत आइतबार जुकरबर्गले आफ्नो फेसबुक वालमा गरेकेा एक पोष्टमा भनेका छन् की आफ्नो सहयोगी हलिउड मूभीको जर्भिसजस्तै देखिनेछ । उसले घर र अफिसमा काम गर्न सघाउनेछ । यस्तो मेसिन आफ्नै लागि धेरै अर्थमा उपयोगी सावित हुने उनको दाबी छ ।
हाल उपलब्ध प्रविधिको सहयोगमा आफुले आर्टिफिसिएल इन्टेलिजेन्सयुक्त आइरनम्यान तयार गर्ने र उसलाई आफ्नो निर्देशन अनुसार काम गर्न सिकाउने उनले बताएका छन् ।

जुकरबर्गले भेनका छन् ः यो निर्माण गर्नु निकै मज्जेदार चुनौति हुनेछ । मैले यसलाई सिकाउनेछु की यदि कसैले ढोकाको घण्टी बजायो भने आगन्तुकको अनुहार पहिचान गरेर उसले भित्र आउने अनुमति दिनेछ । म छोरी म्याक्सको कोठामा नभएको बेलामा पनि उसले सो कोठाको हालखबर मलाई बताइदिनेछ ।

जुकरबर्गले हरेक वर्ष यस्तै नयाँ नयाँ चुनौति आत्मसात गर्ने गर्छन् । यसअघि उनले चिनिया भाषा मन्दारिन सिक्ने, हरेक महिना दुइवटा किताब पढ्ने तथा हरेक दिन नयाँ मानिससँग भेट्ने चुनौति लिएका थिए । उनले लेखेका छन्ः हरेक वर्ष मैले व्यक्तिगत चुनौति लिन्छु ता की फेसबुकमा आफ्नो कामका अलावा नयाँ चिज सिक्न सकुँ । यो वर्ष मैले आविष्कारलाई चुनौति बनाएको छ । -एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment