नाष्ट र एशियन ब्याट्री मिलेर बिद्युतीय सवारीको विकाश गर्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

asian-batteries_nast-MOU
२३ पुस, काठमाण्डौ । नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले निजी क्षेत्रसँग मिलेर बिद्युतीय सवारी साधन र त्यसमा प्रयोग हुने ब्याट्रीको कार्यक्षमता विकाशका लागि अनुसन्धान गर्ने भएको छ ।
नविकरणीय तथा विद्युतीय उर्जाका बिभिन्न प्रविधिबारे अनुसन्धान तथा विकाश गर्न नेपालको सवैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्रीजसँग समझदारी गरेको छ ।
बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा नास्टका प्रविधि महाशाखाका प्रमुख डा. सुरेशकुमार ढुंगेल र एशियन ब्याट्रीजका प्रबन्ध निर्देशक सुरेश लोहनीले समझदारीपत्रमा हस्ताक्षर गरे ।
सो अबसरमा नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले एशियन ब्याट्रीसँग मिलेर बिद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको कार्यक्षमता, डिस्पोजल प्रविधि, विद्युतीय सवारीका लागि ब्याट्री चार्जिङ स्टेशन तथा तिब्र चार्जिङ विधिको अनुसन्धान गरिने बताउनुभयो ।
‘एशियन ब्याट्रीले कमाएको ख्यातीकै कारण हामी उहाँहरुसँग साझेदारीका लागि अग्रसर भएका हौं’ पोखरेलले भन्नुभयो-‘उहाँहरुको पूर्वाधार र लगानी तथा हाम्रा बैज्ञानिकहरुको अनुसन्धानले नयाँ प्रबिधिको विकाश गर्ने छौं ।’
एशियन ब्याट्रीका प्रबन्ध निर्देशक सुरेश लोहनीले नेपालमा विद्युतीय सवारी साधनको अनिवार्य रहेकाले त्यसका लागि आबश्यक ब्याट्री र चार्जिङ प्रविधिको विकाश गर्ने लक्ष्यसहित नास्टसँग सहकार्य गर्न लागिएको बताउनुभयो ।
‘एशियन ब्याट्री कुनै पनि बिदेशी ब्याट्रीभन्दा निकै स्तरीय रहेको प्रमाणित भइसकेको छ’ लोहनीले भन्नुभयो-‘हामीले नेपाल सुहाउँदो, सुलभ र अझै उन्नत प्रविधि विकाश गर्न यसले सहयोग पुग्ने छ ।’ लोहनीले स्कूल बस, छोटो दुरीको ढुवानीका लागि प्रयोग हुने भ्यान आदिलाई बिद्युतीय वाहनका रुपमा प्रयोग गर्न सकिने सम्भावनालाई ख्याल गर्दे प्रबिधि विकाशमा साझेदारी गर्न लागिएको बताउनुभयो ।
बिराटनगरमा उद्योग रहेको एशियन ब्याट्रीसँग बाषिर्क २ लाख २५ हजार थान ब्याट्री उत्पादन क्षमता रहेको छ । चार बर्षदेखि नेपाली बजारमा ब्याट्री विक्रि गरिरहेको सो कम्पनीसँग नेपालमै उत्कृष्ट प्रविधियुक्त उत्पादन संयन्त्र रहेको छ ।
नास्टका प्रविधि महाशाखाका प्रमुख डा. सुरेशकुमार ढुंगेलले सफा टेम्पोले संकटका बेला मुलुकको सेवा गरेको र ब्यबसायिक रुपमा पनि सफलता पाएको भन्दै त्यस्तै खाले नयाँ बिद्युतीय प्रविधि विकाश तथा सवारीका लागि आबश्यक लिड एसिड ब्याट्रीको कार्यक्षमता विकाशका लागि सम्झौता निकै फलदायी हुने बताउनुभयो ।
‘एशियन ब्याट्रीका प्राबिधिक, नास्टका प्राबिधिक र बैज्ञानिक सम्मिलित एउटा टोली बनाएर तत्कालै अनुसन्धानका काम थाल्ने छौं’ उहाँले भन्नुभयो । पहिलोपटक निजी क्षेत्रसँग मिलेर यस्तो अनुसन्धान र विकाशको काम गर्न लागिएको भन्दै उहाँले यसले मुलुकलाई फाइदा पुग्ने बताउनुभयो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment