भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
२९ पुस, काठमाडौं । एक वर्षको अवधिमा डलरको
तुलनामा नेपाली रुपैयाँको मूल्य ८ प्रतिशतले ह्रास भएको छ ।
२०७१ माघ १४ गतेको
तुलनामा बुधबारका लागि दिइएको डलरको विनिमय दरको आधारमा नेपाली रुपैयाँ सो
प्रतिशतमा ह्रास भएको अभियान दैनिकमा खबर छ ।
गत वर्षको माघ १४
गतेको लागि राष्ट्र बैंकले डलरको सटही दर (बिक्री दर) ९८ रुपैयाँ ५४ पैसा तोकेको थियो । बुधबारका लागि भने
राष्ट्र बैंकले अमेरिकी डलरको सटही दर एक सय सात रुपैयाँ
३३ पैसा तोकेको छ ।
वाणिज्य बैंकहरुले
भने मंगलबार नै प्रतिडलर एक सय सात रुपैयाँ २५ पैसामा कारोबार गरेका छन् ।
0 comments:
Post a Comment