एउटा माछाको मूल्य १ करोड २० लाख !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

machhha
एउटा नाथे माछाको भाउ कति पो पर्ला र । कसैले महंगो बिएमडब्लु लग्जरी कारभन्दा पनि माछा महंगो हुन्छ भन्यो भने त्यसलाई धेरैले पागल भन्लान् । तर आखिर भएको छ यस्तै ।
एउटा माछा मूल्यवान कार बिएमडब्लु को प्रिमियम लग्जरी एसयुबी कार एक्स फाइभ भन्दा पनि महंगोमा बिक्रि भएको छ । जापानमा २ सय किलो तौलको एउटा माछा १ लाख १७ हजार डलर अर्थात् झण्डै १ करोड २० लाख रुपैयाँमा बेचिएको छ ।
जबकी उल्लेखित जर्मन कारको अन्तराष्ट्रिय बजारमा आधारभुत मूल्य झण्डै ५४ हजार डलर छ मात्र छ । यस अनुसार छ यो माछा किन्न पुग्ने पैसाले दुइवटा यस्ता कार सजिलै आउने भए ।
ब्लुफिन टुना जातको उक्त माछा हालै जापानको सुकिजी माछा बजारमा बिक्रि भएकेा हो । नयाँ वर्षको पहिलो लिलामीका क्रममा सुशी जेनामाइ रेस्टुरेन्टका अध्यक्ष कियोशी किमुराले यो माछा किनेका हुन् ।
अघिल्लो वर्ष पनि यी होटेल साहुले ३७ लाख रुपैयाँ मूल्यको एउटा माछा किनेका थिए । पछिल्लो लिलामी सुकिजी माछा बजारको अन्तिम लिलामी थियो र अब उक्त माछा बजार टोयुसुमा सर्दैछ ।
जापानीहरु माछा खाने मामिलामा दुनियामै अग्रस्थानमा छन् र माछाका लागि मरिहत्ते गर्छन् । विश्वभरमा खपत हुने ब्लुफिन टुना माछामध्ये ८० प्रतिशत जापानीहरुले नै हजम गर्ने गरेका छन् । एजेन्सीको सहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment